३५ बर्षपछि घर आएका लामिछानेले नागरिकता लिदै भने, ‘सपना जस्तै लागिरहेको छ’

राधाकृष्ण डुम्रे/स्याङ्जा :
‘मलाई पत्यारै लागिरहेको छैन्,सपना जस्तै लागिरहेको छ’ हातमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका एक उमेर ढल्केका व्यक्तिले भनिरहदा नजिक रहेका अन्य मानिसहरु ट्वाल्ल परेर हेरिरहेका थिए । ढाका टोपी र पातलो ज्याकेट लगाएका र हातमा भर्खरै पाएको नागरिकताको प्रमाणपत्र लिएका पुरुषको बिगत धेरैलाई थाहा हुने कुरै भएन ।
३५ बर्ष सम्म हराएका वालिङ ५ का शोभाकान्त लामिछाने ४८ बर्षको उमेरमा नेपाली नागरिकता लिए पछि निक्कै उत्साहित दखिनुहुन्थ्योे । आफ्नो भाई रमेश लामिछानेको साथ लाएर नागरिकता लिन बिहान १० नवज्दै शोभाकान्त ईलाका प्रशासन कार्यालय वालिङ पुग्नु भएको हो ।


वडा कार्यालयको सिफारिस बोकेर प्रशासन पुगेका लामिछानेले निवेदन पेश गरे पछि त्यहाँ रहेका कर्मचारीहरु हेराहेर गरे, शाखाका कर्मचारी भन्छ्न् शुरुमा उहाँ (शोभाकान्त)लाई हामीले चिनेनौं र किन यती उमेरमा पहिलो पटक नागरिकता लिन आएको होला भनेर एक आपसमा कुरा गर्यौं । उहाँको भाईले ‘मेरो दाई ३५ बर्ष हराएर आएको हो के बल्ल, धेरै कुरा गर्न जान्नुहुन्न’ भने पछि त्यहाँका कर्मचारीहरुले कुरा बुझे र कागजाज सहित शोभाकान्तलाई लिएर कार्यालय प्रमुख नवराज बराल भएको कार्यकक्षमा पुगे । प्रमुख बराल पनि एकछिन अलमल पर्नुभयो र कागजाज दुईतिन पटक हेर्नुभयो,उहाँले कागजाज हेर्दाहेदै कागजल्याउने कर्मचारीले भनिहाले, ‘उहाँ त ३५ बर्ष हराएर आएको रे, पहिलो पटक नागरिकता लिन आउनु भएको ।’ कार्यालय प्रमुख बरालले दाजुभाईलार्ई नै शोफामा बस्न आग्रह गर्नु भयो । लामो समय हराएर घर आए रे भन्ने समाचार सुन्नु भएका प्रमुख बरालले कसरी हराउनु भयो, कसरी घरको ठेगाना खोज्न सक्नु भयो भन्ने जस्ता प्रश्न सोध्न थाल्नु भयो । प्रश्नको उत्तर दाजुले भन्दा भाईले नै दिनुभएको भनाई छ प्रमुख बरालको ।
कागजात सम्पूर्ण पुरा भएको देखि पछि बरालले शाखाका कर्मचारीहरुलाई तत्कालै नागरिकता प्रदान गर्ने तयारी गर्न निर्देशन दिनुभयो । सेवा लिन आएका सबै कर्मचारीहरुले पनि उहाँलाई छिटो नागरिकता दिन खोज्दा कुनै अवरोध गरेनन । र निक्कै छोटो समयमा कार्यालय प्रमुख बरालले शोभाकान्त लामिछानेलाई नागरिकता प्रदान गर्नु भयो ।
नागरिकतामा जन्ममिति २०३० साल ७ महिना २१ गते उल्लेख छ । उहाँकी आमा हिमाका अनुशार शोभाकान्त त्यही मितिमा जन्मनु भएको हो ।आफ्ना बुवासँग उपचारका क्रममा शोभाकान्त १०/११ बर्षको उमेरमा दिल्ली पुग्नु भएको थियो ।
पिसाबमा समस्या देखिएपछि दिल्लीमै उपचार गर्ने र उतै अध्ययन गर्ने सोचसहित बुवासित गएका शोभाकान्त लामिछाने (शुकुन्त शर्मा) लाई सामाजिक सञ्जालमार्फत काभ्रे जिल्लाको बनेपास्थित एक होटलमा काम गरिरहेको रहस्य खुलेपछि गत महिना परिवारले सम्पर्क गरेर घर ल्याएका हुन् ।
सानोे उमेरमा बुवासँगै दिल्ली गएको बेला चिनेकै मान्छेले काममा लगाइदिन्छु भनेर लगेको र त्यही बेलादेखि नै सम्पर्कमा नभएको शोभाकान्तको परिवारले जनाएको छ ।
उहाँका बेपत्ता भएपछि खोजबिनका लागि धेरै कसरत ग¥यौँ, उहाँका रमेशले भन्नुभयो, ‘हामी युवा हुँदा आमाले खोज्न जाओ भनेर पठाउनु हुन्थ्यो ।’ आफूहरुले भारत तथा नेपालका धेरै ठाँउमा खोजी गरेको भए पनि कुनै पत्तो पाउन नसकेको भाईको भनाई छ ।
भीम उपाध्यायको फेसबुक पेज र काभ्रेको बनेपाबाट प्रकाशित हुने तपाईँ हाम्रो साप्ताहिक पत्रिका तथा पत्रकारहरुको सहयोगमा शोभाकान्तलाई वालिङ ल्याएइएको भाई रमेशको भनाई छ ।
हराएको ३५/३६ वर्षपछि आफ्नो जन्मथलोमा फर्किएका ४८ वर्षीय शोभाकान्त लामिछाने (शुकान्त शर्मा) लाई घर परिवार तथा स्थानीय आमा समूहले भव्य स्वागत गरेको थिए ।

Facebook Comments Box
TOP