काठमाण्डौ उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने
काठमाण्डाै : काठमाण्डौ उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका पालिकाहरूको बैठकले आउँदाे असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
अनलाइन कक्षा प्रभावकारी नभएको अवस्थामा पालिकाहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर निर्णय गरी असोज १ गतेदेखि विद्यालय खोल्ने र त्यसको जानकारी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिने निर्णय भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि पालिकाहरूले डीसीसीएमसीसँगको समन्वयमा विद्यालय खोल्न पाउने व्यवस्था रहेकाले आज समन्वयात्मक बैठक बसेको र अब पालिकाहरूले विद्यालय खोल्न पाउने उहाँले बताउनुभयो ।
विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना भए/नभएको अनुमगन गरेर पालना गराउने जिम्मेवारी पालिकाहरूले लिने छन् ।
बैठकमा विद्यालयहरूले अहिले ४० प्रतिशत विद्यार्थीले मात्र अनलाइन कक्षा लिइरहेको भन्दै विद्यालय खोल्न ढिला गरेमा धेरै विद्यार्थी पढ्नबाट वञ्चित हुने बताएका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


