काठमाण्डौ उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने

काठमाण्डाै : काठमाण्डौ उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका पालिकाहरूको बैठकले आउँदाे असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
अनलाइन कक्षा प्रभावकारी नभएको अवस्थामा पालिकाहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर निर्णय गरी असोज १ गतेदेखि विद्यालय खोल्ने र त्यसको जानकारी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिने निर्णय भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि पालिकाहरूले डीसीसीएमसीसँगको समन्वयमा विद्यालय खोल्न पाउने व्यवस्था रहेकाले आज समन्वयात्मक बैठक बसेको र अब पालिकाहरूले विद्यालय खोल्न पाउने उहाँले बताउनुभयो ।
विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना भए/नभएको अनुमगन गरेर पालना गराउने जिम्मेवारी पालिकाहरूले लिने छन् ।
बैठकमा विद्यालयहरूले अहिले ४० प्रतिशत विद्यार्थीले मात्र अनलाइन कक्षा लिइरहेको भन्दै विद्यालय खोल्न ढिला गरेमा धेरै विद्यार्थी पढ्नबाट वञ्चित हुने बताएका थिए ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…