नेपाली कांग्रेस वालिङ नगरपालिकाको सभापतिमा नेत्र पाण्डे विजयी ।

खगिन्द्र पौडेल/वालिङ:

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको निर्वाचनमा वालिङ नगरपालिकाको सभापतिको पदमा नेत्र प्रसाद पाण्डे विजयी हुनु भएको छ । उहाँले २४९ मत ल्याउनु भएको छ भने अर्का उम्मेद्वार भुपराज बगालेले १९० मत प्राप्त गर्नुभएको छ । कुल ४४७ जना मतदाता रहेको वालिङमा जम्मा ४४४ मत खसेको थियो ।
निर्धारित मिति हिजो भदौ -९ गते सहमति हुन नसकेपछि आज दुवै प्यानल चुनावी मैदानमा उत्रिएका थिए । उपसभापतिमा पदमराज गुरुङ र सिता थापा निर्वाचित हुनु भएको छ । गुरुङले २५३ भोट प्राप्त गर्नुभएको छ भने सिता थापाले २३० भोट ल्याउनु भएको छ । उपसभापतिका अन्य उमेद्वारहरु खगेन्द्र प्रसाद अर्यालले १७८ मत र मैँयादेवि लम्सालले १३९ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा राजु तिवारीले २०७ मत तथा सागर कुंवरले १९६ मत प्राप्त गरि विजय भएका छन । सचिवका अन्य दुई उमेद्वारहरु शान्ता थापाले १९० र राम प्रसाद लामिछानेले १६३ मत मत प्राप्त गरेका छन् । सहसचिवमा कृष्ण प्रसाद पङगेनी र डोलराज पङगेनी निर्वाचित भएका छन् । त्यस्तै सदस्य पदहरुमा यज्ञ प्रसाद अधिकारी, शिव पङगेनी, लेखनाथ गैह्रे, केशवराज काफ्ले, विशाल पंगेनी, रेशमलाल कोईराला र कृष्ण प्रसाद डुम्रे निर्वाचित भएका छन् ।

 

Facebook Comments Box
TOP