नेपाली कांग्रेस वालिङ नगरपालिकाको सभापतिमा नेत्र पाण्डे विजयी ।
खगिन्द्र पौडेल/वालिङ:
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको निर्वाचनमा वालिङ नगरपालिकाको सभापतिको पदमा नेत्र प्रसाद पाण्डे विजयी हुनु भएको छ । उहाँले २४९ मत ल्याउनु भएको छ भने अर्का उम्मेद्वार भुपराज बगालेले १९० मत प्राप्त गर्नुभएको छ । कुल ४४७ जना मतदाता रहेको वालिङमा जम्मा ४४४ मत खसेको थियो ।
निर्धारित मिति हिजो भदौ -९ गते सहमति हुन नसकेपछि आज दुवै प्यानल चुनावी मैदानमा उत्रिएका थिए । उपसभापतिमा पदमराज गुरुङ र सिता थापा निर्वाचित हुनु भएको छ । गुरुङले २५३ भोट प्राप्त गर्नुभएको छ भने सिता थापाले २३० भोट ल्याउनु भएको छ । उपसभापतिका अन्य उमेद्वारहरु खगेन्द्र प्रसाद अर्यालले १७८ मत र मैँयादेवि लम्सालले १३९ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा राजु तिवारीले २०७ मत तथा सागर कुंवरले १९६ मत प्राप्त गरि विजय भएका छन । सचिवका अन्य दुई उमेद्वारहरु शान्ता थापाले १९० र राम प्रसाद लामिछानेले १६३ मत मत प्राप्त गरेका छन् । सहसचिवमा कृष्ण प्रसाद पङगेनी र डोलराज पङगेनी निर्वाचित भएका छन् । त्यस्तै सदस्य पदहरुमा यज्ञ प्रसाद अधिकारी, शिव पङगेनी, लेखनाथ गैह्रे, केशवराज काफ्ले, विशाल पंगेनी, रेशमलाल कोईराला र कृष्ण प्रसाद डुम्रे निर्वाचित भएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


