गाउँपालिकाकी उपाध्यक्षसहित स्याङजाका ७ जनप्रतिनिधिले रोजे नेकपा (एस)
स्याङजा :
स्याङजाका ७ जनप्रतिनिधिले नेकपा(एस) रोजेका छन् । नेकपा एमाले विभाजन भएर नेकपा(एस) बनेपछि निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्म समय दिएको थियो ।
आँधीखोला गाउँपालिकाकी उपाध्यक्षसहित एमालेका ७ जना जनप्रतिनिधिले नेकपा(एस) रोजेका हुन् ।
नेकपा(एस) स्याङजाका अध्यक्ष रामचन्द्र भट्टराईका अनुसार आँधीखोला गाउँपालिका–२ का वडाध्यक्ष रामचन्द्र पौडेल, कार्यपालिका सदस्य खड्कबहादुर नेपाली, विन्दु विक, पुतलीबजार नगरपालिका–४ का वडा सदस्य एवं जिल्ला समन्वय समितिका सदस्य गुमानसिंह थापा, ४ कै वडा सदस्य डोलराज गौतम र हरिनास गाउँपालिका–७ का वडा सदस्य ऋषिराम लम्सालले नेकपा (एस) रोजेका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


