नेपाली कांग्रेस १४ औं महाधिवेशन : वालिङ र कालीगण्डकीमा भोलि चुनाव हुने ।

स्याङ्जा :
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत आजबाट पालिका अधिवेशन शुरु भएको छ ।
जिल्लाका ११ वटै पालिकामा आज अधिवेशनको औपचारिक शुभारम्भ गरिएको छ । पालिकाहरुको नतिजाा धमाधम आईरहेको छ ।
यता वालिङ नगरपालिकामा भोलि बिहान ८ बजेबाट चुनाव हुने भएको छ । आज सहमतीको प्रयास भएकाले केही ढिलाई भएको निर्वाचन समितिले जनाएको छ ।
४५१ मतदाता रहेको वालिङमा भूपराज बगाले र नेत्र प्रसाद पाण्डेको प्यानल नै चुनावी मैदानमा रहेको छ ।
त्यस्तै कालीगण्डकी गाँउपालिकामा पनि सहमतीको प्रयास जारी रहेको छ । १६१ जना मतदाता रहेको पालिकामा १२ जना सभापतिका उमेद्वार रहेकाछन् ।
कालीगण्डकीमा सहमतीको प्रयास जारी रहेको नेविसंघका महामान्त्री युवराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुशार सहमतीको लागि बोर्ड बनाउने र सबै पदमा टुंगो लगाउने तयारी भईरहेको छ ।
सहमती नभएमा भने पालिकामा १० बजेबाट चुनाव गर्ने तयारी रहेको छ ।
समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…