नेपाली कांग्रेस १४ औं महाधिवेशन : वालिङ र कालीगण्डकीमा भोलि चुनाव हुने ।
स्याङ्जा :
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत आजबाट पालिका अधिवेशन शुरु भएको छ ।
जिल्लाका ११ वटै पालिकामा आज अधिवेशनको औपचारिक शुभारम्भ गरिएको छ । पालिकाहरुको नतिजाा धमाधम आईरहेको छ ।
यता वालिङ नगरपालिकामा भोलि बिहान ८ बजेबाट चुनाव हुने भएको छ । आज सहमतीको प्रयास भएकाले केही ढिलाई भएको निर्वाचन समितिले जनाएको छ ।
४५१ मतदाता रहेको वालिङमा भूपराज बगाले र नेत्र प्रसाद पाण्डेको प्यानल नै चुनावी मैदानमा रहेको छ ।
त्यस्तै कालीगण्डकी गाँउपालिकामा पनि सहमतीको प्रयास जारी रहेको छ । १६१ जना मतदाता रहेको पालिकामा १२ जना सभापतिका उमेद्वार रहेकाछन् ।
कालीगण्डकीमा सहमतीको प्रयास जारी रहेको नेविसंघका महामान्त्री युवराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुशार सहमतीको लागि बोर्ड बनाउने र सबै पदमा टुंगो लगाउने तयारी भईरहेको छ ।
सहमती नभएमा भने पालिकामा १० बजेबाट चुनाव गर्ने तयारी रहेको छ ।
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


