नेपाली कांग्रेस महाधिवेशन वालिङमा मतदान चल्दै, कालीगण्डकीमा सहमतीको प्रयास ।

स्याङ्जा :
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत पालिका अधिवेशन चलिरहेको छ ।
जिल्लाका ११ वटा पालिकामा मध्ये ९ पालिकाको शनिवार नै परिणम आईसकेको छ । वालिङ नगरपालिका र कालीगण्डकी गाँउपालिकाको भने परिणाम आउन बाँकी छ ।
वालिङमा नयाँ नेतृत्व छान्नका चुनाव भईरहेको छ । ४७८ जना मतदाता रहेको वालिङमा बिहान ११ बजे सम्म १०० मत खसेको छ ।
भूपराज बगाले र नेत्र प्रसाद पाण्डेको प्यानल नै चुनावी मैदानमा रहेको छ ।
त्यस्तै कालीगण्डकी गाँउपालिकामा पनि सहमतीको प्रयास जारी रहेको छ । १६१ जना मतदाता रहेको पालिकामा १२ जना सभापतिका उमेद्वार रहेकाछन् ।
अहिले पनि सहमतीको प्रयास जारी रहेको काँग्रेस क्षेत्रीय प्रतिनिधी अमृत पाण्डेले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…