नेपाली कांग्रेस महाधिवेशन वालिङमा मतदान चल्दै, कालीगण्डकीमा सहमतीको प्रयास ।

स्याङ्जा :
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत पालिका अधिवेशन चलिरहेको छ ।
जिल्लाका ११ वटा पालिकामा मध्ये ९ पालिकाको शनिवार नै परिणम आईसकेको छ । वालिङ नगरपालिका र कालीगण्डकी गाँउपालिकाको भने परिणाम आउन बाँकी छ ।
वालिङमा नयाँ नेतृत्व छान्नका चुनाव भईरहेको छ । ४७८ जना मतदाता रहेको वालिङमा बिहान ११ बजे सम्म १०० मत खसेको छ ।
भूपराज बगाले र नेत्र प्रसाद पाण्डेको प्यानल नै चुनावी मैदानमा रहेको छ ।
त्यस्तै कालीगण्डकी गाँउपालिकामा पनि सहमतीको प्रयास जारी रहेको छ । १६१ जना मतदाता रहेको पालिकामा १२ जना सभापतिका उमेद्वार रहेकाछन् ।
अहिले पनि सहमतीको प्रयास जारी रहेको काँग्रेस क्षेत्रीय प्रतिनिधी अमृत पाण्डेले जानकारी दिनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP