नेपाली कांग्रेस भीरकोटको सभापतिमा लक्ष्मण अधिकारी एक मतान्तरले बिजयी ।
चुत्र महत :
नेपाली कांग्रेस भीरकोटको सभापतिमा याम प्रसाद अधिकारी लक्ष्मण निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा १०० मत ल्याउदै अधिकारी निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी दिपेन्द्र केसीले ९९ मत प्राप्त गर्नु भएको छ ।
दुई सय चार जना मतादाता रहेको भीरकोटमा सबै मत खसेको थियो । भने ५ मत बदर भएको थियो । उहाँहरु दुवै जना वडा अध्यक्ष हुनुहुन्छ ।
त्यस्तै उपसभापतिमा बिष्णुमाया काफ्ले ९२ र जगदिश प्रसाद कोईराला १०४ मत ल्याई बिजयी हुनु भएको छ । त्यस्तै सचिवमा नन्दलाल खनाल ११२, तारा प्रसाद अर्याल ११८ तथा सहसचिव प्रसुन मगर ११४, शुसिल खाँण ९१ निर्वाचित भएकछन् ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


