अदालतमा गोली चल्दा तीनको मृत्यु ।

काठमाडौँ
भारतको नयाँ दिल्लीस्थित रोहिणी अदालत अगाडि गोली चलेको छ।

उक्त घटनामा परी तीन जनाको मृत्यु भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ।

आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएको बताइएको छ ।

Facebook Comments Box
TOP