ईबिकको समन्वयमा नगरपालिकाका सेवाप्रवाह गर्दा प्रभावकारी हुने निश्कर्ष ।
खगीन्द्र पौडेल /स्याङ्जा :
वालिङ नगरपालिकामा सञ्चालनमा ल्याईएको ‘उद्यमशीलता, व्यवशाय प्रवर्घन तथा नवप्रवर्तन केन्द्र’ ईबिकको समन्वयमा नगरपालिकाका कामलाई वडातहसम्म लगिने भएको छ ।
नगरपालिकामा भएको छलफल तथा भावी योजना निर्माण कार्यक्रममा बोल्ने बक्ताहरुले ईबिकको प्रभावकारिता धेरै रहेको भन्दै नगरपालिकाका कार्यहरुलाई ईबिक मार्फत वडातह सम्म सञ्चालन गर्दा प्रभावकारिता बढ्ने बताएकाहुन् । उनीहरुले भने, ‘सबै शाखा तथा साझेदार संस्थासँगको सहकार्य मार्फत काम गर्दा लक्षित बर्ग सम्म सहज हुन्छ ।’
वालिङका जनप्रतिनिधी, वालिङ नगरपालिकाका २२ वटै शाखा प्रमुखहरु र साझेदार संस्था बीचको संयुक्त छलफलमा एक अर्काका कार्यक्रम सहकार्यमा सञ्चालन गर्दा प्रभावकारिता बढ्ने निश्कर्ष निकालिएको हो ।
कार्यक्रममा बोल्दै वालिङ नगरउप–प्रमुख कल्पना तिवारीले युवा तथा बेरोजगारलाई उद्यमी बनाउने गरी नगरपालिकाको साझेदारमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्थलगत प्रगती हेरेर थप प्रभावकारी बनाउन तर्फ सबै लागौं’
नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी कार्यक्रम लक्षित हुनुपर्नेमा उपप्रमुख कल्पना तिवारीको जोड छ । उहाँले ईबिक मार्फत उद्यमी बनाउन, व्यवशाय प्रवर्धन गर्न नगरपालिकाले बिशेष कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले नतिजामुखी कार्यक्रमले मात्रै नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, लक्षित बर्गको पहिचान गरी सोही अनुशार योजना निमार्णमा नगरपालिकाको जोड रहेको बताउनु भयो ।
उहाँले नगरपालिकाका सबै शाखाहरुको समन्वयमा काम गर्दा नागरिकहरु सहजरुपमा लाभान्वित हुने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो,‘ईबिक शाखाको समन्वले सेवा प्रवाह गर्दा नागरिकलाई फाईदा हुन्छ ।’
कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कोभिड प्रभावितलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले धेरै नागरिकलाई सहजता भएको बताउनु भयो । उहाँले, युवा तथा उद्यमीहरुलाई लक्षित शुभारम्भ गरिएको ईबिक सेन्टरले धेरै बेरोजगारलाई बाटो देखाउने काम गरेको बताउनु भयो ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीको साझेदारीमा दियालो संस्थाले सञ्चालन गरिरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत नयाँ अभियानको रुपमा ईबिक सञ्चालनमा ल्याईएको हो ।
कार्यक्रममा नगरपालिकाका उपसचिव बाबुराम साप्कोटा, लेखा अधिकृत ज्ञान प्रसाद अर्याल,प्राबिधिक अधिकृत मणि प्रसाद तिवारी, कार्यक्रमका फोकल पर्सन तथा अधिकृत प्रकाश अर्याल, वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङ, रोजगार संयोजक, दियालो युएनडिपीका परियोजना प्रमुख राधाकृष्ण डुम्रे,पवन बश्याल, लगायतले बोलेका थिए ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


