१ हजार ५८९ जना कोरोना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा १ हजार ५ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४२३०६ पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कोरोना निको हुने दर ९५ दशमलव २ प्रतिशत रहेको छ।
पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यससँगै सक्रिय संक्रमितको संख्या २६ हजार २०२ पुगेको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा थप १९ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९८४ पुगेको छ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…