“कोरोनासँग हार्न दिंदैन वालिङ”

तोलाकान्त बगाले
वालिङ, ३० भदौ ।
“मेरो श्रीमानको उपचारका लागि १५/२० लाख खर्च भयो, न त उहाँ फर्किनुभयो, न त पैसा नै बच्यो, पोखरा काठमाडौंको उपचार निक्कै महंगो भयो, अब मेरो केही उपाय छैन जग्गा बेचेर ऋण तिर्न पर्ने भयो” वालिङ नगरपालिकाकी एक महिलाको बेदना हो यो ।
“ठूलो ठाउँ ठूलो अस्पताल होला भनेर पोखरा लगे पैसा मसित रहुञ्जेल उपचार ग¥यो पैसा पनि सकियो श्रीमानको आयू पनि सकियो” वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण समक्ष ती महिलाले भक्कानिँदै बिरह सुनाईन् ।
उहाँभन्दा वालिङमै जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको ब्यवहार तथा बिरामीलाई दिने मनोबल निक्कै राम्रो भएको स्मरण गर्दै पीडित महिलाले भन्नुभयो “मैंले देखे यहाँभन्दा राम्रो ब्यवहार अन्यत्र पाउन मुस्किल छ, वालिङका स्वास्थ्यकर्मीहरुको उपचार र ब्यवहारकै कारण यहाँ धेरैले रोगलाई जितेर घर फर्कन्छन्, कोरोनाबाट सानो चोट हार्न दिनुहुँदैन ।”

‘वालिङमा पाईएजस्तो सुविधा यहाँ रैनछ हामीलाई वालिङ नै फर्काउनुस् मेयरसाप, यहाँ त बिरामीप्रतिको ब्यवहारकै कारण झन् समस्या बढ्ने भो’ स्याङ्जा जिल्लास्थित अस्पतालमा निर्माण गरिएको आईसोलेसन केन्द्रमा बसेका वालिङका कोभिड १९ का बिरामीको नगर प्रमुख समक्ष वालिङ फर्काउनका लागि अपील थियो ।
यी दुई वटा कोभिड १९ को पहिलो र दोस्रो लहरमा नागरिकले नगर प्रमुखसमक्ष गरेका प्रतिनिधिमूलक बेदनाहरु हुन् । यहाँबाट पनि प्रमाणित हुन्छ कि अन्यत्रको तुलनामा वालिङ नगरपालिकाले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि फरक तरिकाले केही नयाँ र नौलो अभ्यास पक्कै गरेको छ । जसलाई शेयरकास्ट ईनिसियटिभ नेपालले वालिङ नगरपालिकाका विभिन्न वडामा नमूनाकोरुपमा गरेको मत सर्भेक्षणबाट पनि पुष्टि गर्दछ । शेयरकास्ट ईनिसियटिभले सार्वजनिक गरेको मत सर्भेक्षण अनुसार ५२५ जनामा ६०.८ प्रतिशत अर्थात् ३१९ जना नगरपालिकाले कोरोना महामारीमा गरेको कामप्रति सन्तुष्टि ब्यक्त गरेका छन् । कोरोना महामारीका बेला वालिङ नगरपालिकाले निर्वाह गरेको भूमिका प्रति तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ भनी सोधिएको प्रश्नमा ८.६ प्रतिशत निक्कै नै सन्तुष्ट रहेको देखाएको छ ।

संक्रमण नियन्त्रणका लागि गाँउगाँउ पुगेको नगरको टोली

कोभिड सङ्क्रमित भएसँगै काठमाडौं, पोखरा लगायतका ठूला मानिएका अस्पतालमा उपचारका लागि गएका बिरामीहरु निको भएर फर्किनुको सट्टा कोरोनाको शिकार हुने गरेको देखे सुनेकाले वालिङमै जनप्रतिनिधिहरुको उर्जा र स्वास्थ्यकर्मीहरुले प्रदान गरेको सेवा निक्कै राम्रो रहेको थियो ।“नगर प्रमुखसहितका जनप्रतिनिधिहरुले स्वास्थ्यकर्मी तथा बिरामीहरुप्रति देखाउनुभएको सहयोग, प्रोत्साहनकैकारण काम गर्ने उत्साह थपियो” गह«ौं प्राथमिक अस्पतालका प्रमुख डा. सरोज थापाले भन्नुभयो, “निरन्तरको सल्लाह, सुझाव तथा हौसलाका कारण काम गर्न सहज भयो र कोरोनाको हटस्पटकोरुपमा रहेको वालिङबाट कोरोना नियन्त्रण तथा रोकथाममा सहजता भयो ।”

कोरोना तथा विपदका समयमा ब्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल नगरपालिका संघले वालिङ नगरपालिकालाई उत्कृष्ट पालिकाकोरुपमा घोषणा गरी पुरस्कृतसमेत गरेको थियो ।
कोरोना महामारीको दोस्रो लहरमा जिल्लाकै ‘हटस्पट’ बनेको वालिङ नगरपालिकाले होम आईसोलेसनमा रहेका नागरिकहरुलाई घर घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने र निशुल्क औषधि वितरण गरेको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणकालागि नगरपालिकाले ‘जनस्वास्थ्य विपद’ घोषणा गरेको थियो । स्थानीय स्तरमा लोकप्रिय रहेका रेडियो, टेलिभिजन तथा पत्रपत्रिका एवं माईकिङ गरी जनचेतनामूलक सामग्रीहरु प्रकाशन तथा प्रसारण गरेर नागरिकलाई सुसूचित गरिएको प्रवक्ता केदार काफ्लेले बताउनुभयो ।
“संक्रमण देखिएर होम आईसोलेसनमा बसेका बिरामीहरुलाई निशुल्क औषधि तथा आवश्यक सल्लाह सुझावहरु दिईरह्यौं” स्वास्थ्य शाखा प्रमुख पाण्डेले भन्नुभयो, “केही समस्या देखिएमा तत्काल सम्पर्क गर्नका लागि सम्पर्क नम्बरहरु दियौं जसले गर्दा बिरामीहरुले जतिबेला पनि फोन गर्नसक्ने र एम्बुलेन्सको सहायतामा अस्पतालमा ल्याएर थप उपचार गर्ने ग¥यौं ।”

वालिङ नगरपालिकाले कोभिड १९ का बिरामीलाई लक्षित गरी अक्सिजनसहितको आईसोलेसन कक्ष सञ्चालनमा ल्यायो । कोभिड १९ बाट संक्रमण भएका बिरामीहरुलाई आफ्नै ठाउँमा सेवा दिने गरी अक्सिजनको सुविधासहितको ३५ शैयाको आईसोलेसन कक्ष गह्रौप्राथमिक अस्पतालमा सञ्चालनमा ल्याएको हो । आईसोलेसन कक्षमा रहेका प्रत्येक शैयामा अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सन्ट्रेटर जडान गरी उपचार गर्दै आएको छ ।

गह्रौप्राथमिक अस्पतालमा सञ्चालनमा ल्याएको आईसोलेसन कक्ष
गह्रौप्राथमिक अस्पतालमा सञ्चालनमा ल्याएको आईसोलेसन कक्ष

कोभिडको दोस्रो लहरका सङ्क्रमितहरुमध्ये केहीलाई स्वास प्रस्वासमा समस्या देखिने गरेकाले उहाँहरुको अवस्था हेरी अक्सिजन दिएर उपचार गरिने र धेरै नै समस्या देखिएमा वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्र्ने अवस्था आएमा थप उपचारका लागि अन्यत्र लैजाने ब्यवस्था मिलाउँदै आएको नगर प्रमुख खाँणले बताउनुभयो ।
“बजार तथा गाउँ/गाउँमा सङ्क्रमितहरु हुनुहुन्छ उहाँहरुको प्रत्येक दिन फोनमार्फत स्वास्थ्य अवस्था बुझ्ने गरेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “कसैलाई स्वास फेर्न अप्ठ्यारो भएमा वा अन्य समस्या भएमा तत्कालै गएर ल्याउँछौं र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्छौं ।”

विश्वब्यापी महामारीकोरुपमा तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण दर तथा सङ्क्रमितको संख्या स्याङ्जाका अन्य पालिकाको तुलनामा वालिङमा बढी देखिएको थियो ।
गह्रौप्राथमिक अस्पतालमा दैनिक लक्षण देखिएका विरामी तथा कन्ट्याक्ट ट्रेसिङमा परेका ब्यक्तिहरुको अस्पताल तथा घर घरमै पुगेर एन्टिजिन विधिमार्फत स्वाबको नमूना लिंदै आईएको उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।


उहाँका अनुसार अस्पतालमा गरिएको नमूना परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि आवश्यक औषधिहरु दिएर होम आईसोलेसनमा बस्न आग्रह गर्ने, अप्ठ्यारो भएमा वा कुनै समस्या देखिएमा तत्काल सम्पर्क गर्नकालागि नम्बरहरु दिएर पठाउने गरिएको छ । होम आईसोलेसनमा बस्दा स्वास्थ्यसम्बन्धी समस्या देखिएमा तत्कालै आईसोलेसन कक्षमा ल्याई उपचार गरिने उहाँले बताउनुभयो । सङ्क्रमितहरुलाई दैनिक मनोसामाजिक परामर्श दिने गरिएको छ भने घर–घरमै लगेर औषधिहरु पनि उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।
नगरपालिकाले सञ्चालनमा ल्याएको आईसोलेसन कक्षमा भर्ना भएका बिरामीहरुलाई नगरपालिकाले निशुल्क औषधि उपचारसहित बिरामी र बिरामीको कुरुवालाई निशुल्क खाना तथा खाजाको ब्यवस्था मिलाएको छ ।
नगरपालिकाले होम आईसोलेसनमा बसेका संक्रमितको तनाव ब्यवस्थापनका लागि मनोसामाजिक परामर्श दिने गरेको छ । नगरपालिकाले बहुसांस्कृतिक मनोसामाजिक परामर्श केन्द्रको सहयोगमा तालीम प्राप्त परामर्शदाताहरुद्वारा दैनिक मनोसामाजिक परामर्श सेवा दिने गरेको नगर प्रमुख खाँणले बताउनुभयो ।

“बिरामी भई होम आईसोलेसनमा छुट्टै बस्दा मनमा अनेक खालका भावनाहरु, कुराहरु खेल्ने भएकाले तनाव बढ्न सक्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “संक्रमितहरुमा कुनैपनि तनाव नदेखियोस्, होम आईसोलेसन बसाईलाई तनावमुक्त बनाउनका लागि मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन शुरु गरेका हौं ।”

गाँउमा नै पुगेर काभिड संक्रमित तथा प्रभावितलाई हौसला प्रदान गर्दै नगरप्रमुख दिलिप प्रताप खाँण लगायत

संक्रमित हुने बित्तिकै समाजले उहाँहरुलाई गर्ने ब्यवहार तथा विभिन्न सामाजिक सञ्जालहरुमा आएका नकारात्मक टीकाटिप्पणीले असर पार्न नदिनका लागि टेलिफोन तथा नियमित भेटघाटमार्फत आवश्यक परामर्श प्रदान गरिएको उहाँले बताउनुभयो ।
वालिङ नगरपालिकाले गह्रौ प्राथमिक अस्पतालमा दैनिक एन्टिजिनमार्फत परीक्षण गर्दै आईरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक पाण्डेले बताउनुभयो । रोगको लक्षण देखिएका वा कन्टयाक्ट ट्रेसिङमा परेकाहरुको नाम, ठेगाना, सम्पर्क नम्बर राखी परीक्षण गरिने र संक्रमण पुष्टि भएसँगै आवश्यक औषधि तथा पालना गर्नुपर्ने नियमहरुसहित होमआईसोलेसनमा राख्ने गरिएको शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
समय समयमा आवश्यक औषधिसहित स्वास्थ्यकर्मीहरु घर घरमै पुग्ने गरिएको छ भने सामान्य समस्यालाई फोनबाटै २४ सै घण्टा र आवश्यकता अनुसार घरमै पुगेर स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिने गरेको छ । वालिङ नगरपालिका, गह्रौ प्राथमिक अस्पतालको समन्वय र सहकार्यमा बहुसांस्कृतिक मनोसामाजिक परामर्श केन्द्र (टिपिओ नेपाल) द्वारा टेलिफोनमार्फत मनोसामाजिक परामर्श सेवा उपलब्ध गराईएको संस्थाका स्याङ्जा जिल्ला संयोजक जननी मगरले बताउनुभयो ।

नगरभित्रका झण्डै दुईसय जना सङ्क्रमितको सम्पर्क नम्बर लिएर सम्पर्क गर्ने र उहाँहरुका भावनाहरु बुझ्ने कार्य भईरहेको संयोजक मगरले बताउनुभयो । मनोसामाजिक परामर्शका लागि तालीम प्राप्त चार जना मनोसामाजिककर्ताहरु सक्रिय रहेका छन् । “घरमा एक्लै बस्दा समय लामो भएजस्तो हुने गरेको अनुभवहरु सुनाउँछन्” संयोजक मगरले भन्नुभयो, “हामीले फोन गर्दा निक्कै खुशी हुनुहुन्छ, आफ्ना समस्याहरु खुलेर राख्ने गर्नुभएको छ, अनि उहाँहरुले भन्नुहुन्छ ‘कति खुशी लाग्यो, फेरि–फेरि पनि फोन गरिराख्नु है’ ।”
संक्रमित भई होम आईसोलेसनमा बस्नुभएकाहरुको कुरा सुन्दिदामात्रै पनि मन हल्का भएको, धेरै तनाव हराएर गएको अनुभवहरु परामर्शदाताहरुसँग छ । समय समयमा फ्लोअप गर्ने गरिएको संयोजक मगरले बताउनुभयो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि दाताले वालिङ नगरपालिकालाई ४० थान अक्सिजन कन्सन्ट्रेटरसहित नगद तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको वालिङमा यसको रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले सहयोग आह्वान गरेबमोजिम स्वास्थ्यसम्बन्धी सामग्री प्राप्त भएको हो ।
नगरपालिकाले गह्रौ प्राथमिक अस्पताल वालिङमा स्थापना गरेको आईसोलेसन सेन्टरमा प्रयोग गर्नकालागि देश तथा विदेशमा रहेका विभिन्न सङ्घ संस्था तथा व्यक्तिको सहयोगमा स्वास्थ्य सामग्रीसहित नगद प्राप्त भएको नगर प्रमुख खाँणले बताउनुभयो ।
विभिन्न संघ संस्था तथा व्यक्तिले आवश्यकताअनुसारका स्वास्थ्य सामग्री सहयोग गर्ने बताएपछि पहिलो प्राथमिकतामा अक्सिजन कन्सन्ट्रेटर माग गरिएको र सोहीअनुसार ठूलो परिमाणमा प्राप्त भएको प्रमुख खाँणले बताउनुभयो ।

गाँउमा नै पुगेर काभिड संक्रमित तथा प्रभावितलाई हौसला प्रदान गर्दै नगरप्रमुख दिलिप प्रताप खाँण लगायत

“नयाँ भेरियन्टले बिरामीमा स्वास प्रस्वाससम्बन्धी समस्या देखिएका कारण अक्सिजनको अभावकै कारण बिरामीको ज्यान तलमाथि नहोस् भनेर दातालाई अरुभन्दा पनि कन्सन्ट्रेटरलाई प्राथमिकतामा राख्न अनुरोध ग¥यौं” प्रमुख खाँणले भन्नुभयो, “अक्सिजनको अभाव, अक्सिजन सिलिण्डरको अभाव र भर्नलाई दैनिक पोखरा जानुपर्ने समस्यालाई मध्यनजर गर्दै कन्सन्ट्रेटर माग ग¥यौं, महामारीका समयमा यो सामग्री निक्कै उपयोगी बन्यो ।
केन्द्र, प्रदेश र जिल्लास्थित सबै पालिकाहरुको सहयोग र समन्वयमा स्याङ्जा जिल्ला अस्पतालमा १० शैयाको आईसोलेसन सेन्टर निर्माण गरी पहिलो चरणमा कोभिड १९ का बिरामीको उपचार गरिएपनि उनीहरु पूर्णरुपमा सन्तुष्ट हुन भने सकेनन् ।

कोरोना परिक्षणका लागि स्वाव संकलन गर्दै स्वास्थ्यकर्मी

भीरकोटस्थित कालिका सामुदायिक अस्पतालमा गण्डकी प्रदेश र स्थानीय पालिकाहरुको सहयोगमा कोभिड १९ का बिरामीलाई उपचारकालागि आईसोलेसन केन्द्र निर्माण गरियो । त्यहाँ पनि बिरामीहरुको गुनासो बढ्दै गएकोले नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा रहेको वालिङ नगरपालिका कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठक बस्यो । बैठकले नगरभित्रका स्वास्थ्यकर्मीहरुसँग सल्लाह गरी वालिङस्थित विद्यालयहरुलाई क्वारेन्टिन र संघ संस्थाका भवनहरुलाई आईसोलेसन सेन्टरकोरुपमा स्थापना गरी कोभिड १९ को पहिलो लहरमा उपचारको ब्यवस्थापन मिलायो ।
भारत तथा तेस्रो मुलुकमा रहेका वालिङका नागरिकहरु अप्ठ्यारोमा परेमा खबर गर्नका लागि नगरपालिकाले वेवसाईट, फेसबुक पेज, लगायतका सामाजिक सञ्जालहरुमा सम्पर्क नम्बरहरु उपलब्ध गराएसँगै दैनिक सयौंको संख्यामा नागरिकहरु सम्पर्कका आउन थाले ।
सम्पर्कमा आएका नागरिकहरुलाई सुनौली नाकाबाट वालिङसम्म दैनिक बसहरु पठाएर उद्धार गरी ल्याउने गरिएको नगर प्रमुख खाँण सम्झनुहुन्छ । लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेशमा भित्रिने मुख्य नाका राम्दीमै पुगेर आरडिटी परीक्षण गरी वालिङमा रहेको क्वारेन्टिनमा राख्ने गरिएको थियो । क्वारेन्टिनमा रहेका नागरिकहरुलाई स्वास्थ्यसम्बन्धी कुनै समस्याहरु देखिएमा आईसोलेसनमा राखेर थप उपचार गरिन्थ्यो ।

गाँउगाँउमा मास्क लगायत स्वास्थ्य सामाग्री बितरण गरिदै

“वालिङबाट दैनिक बसहरु विदेशबाट आएका नागरिकहरुलाई लिन पठाउथ्यौं” स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले भन्नुभयो, “मानवीय नाताले हामीले हाम्रा नगरबासीमात्रै ल्याउँदैनथ्यौं अन्य पालिकाका नागरिकहरुलाई ल्याएर आरडिटी परीक्षण गरी क्वारेन्टिन वा आईसोलेसनमा १४ दिनसम्म राखेर फूलमाला तथा प्रमाणपत्रसहित विदाई गथ्र्यौं ।”
सुनौली नाकामा अन्य पालिकाबाट भन्दा धेरै गाडीहरु हाम्रै पालिकाबाट बढी जाने र खोजी खोजी ल्याउने गरेको अनुभव आँफूसँग रहेको भारतमा रोजगारीमा रहेर कोभिडका कारण स्वदेश फर्केका वालिङ ८ का यामबहादुर जिटीले सुनाउनुभयो ।
नगरपालिकाले आईसोलेसन तथा क्वारेन्टिनमा बसेका नागरिकहरुलाई निशुल्क औषधि, निशुल्क आरडिटी परीक्षण तथा निशुल्क खाजा र खानाको ब्यवस्था गरेको स्वास्थ्य शाखा प्रमुख पाण्डे बताउनुहुन्छ ।

कोरोना संक्रमितको अक्सिजनको अवस्था हेर्दै स्वास्थ्यकर्मी

क्वारेन्टिन तथा आईसोलेसनमा बसेका नागरिकहरुलाई योगाभ्यास गराईएको थियो । “नेपालका विभिन्न जिल्ला तथा भारतबाट आएका वालिङका बासिन्दालाई मानसिकरूपमा पीडा हुन नदिइ शान्त, शारीरिकरूपमा स्वस्थ र आध्यात्मिकरूपमा चेतनायुक्त बनाउन योगाभ्यास गराएका हौं”, नगर प्रमुख खाँणले भन्नुभयो, “योगका माध्यमबाट क्वारेन्टिनमा बस्ने व्यक्तिले आफूलाई निरोगी, स्वस्थ तुल्याउन सक्ने र कोठाभित्र मात्रै बसिरहँदा नकारात्मक भावना जागृत हुनसक्ने भएकाले खेलमैदानमा सामूहिकरूपमा सामाजिक दूरी कायम राखेर योगाभ्यास गराइएको हो ।”
शारीरिक तथा मानसिक समस्या न्यूनीकरणका लागि नपाले थालेको यो अभियान प्रभावकारी बनेको प्रमुख खाँणले बताउनुभयो ।

कोरोना संक्रमितको मृत्यु भएपछि उनको सवलाई व्यवस्थापन बारे सहजीकरण गर्दै नगरप्रमुख दिलिप प्रताप खाँण

बिहानको समयमा योगाभ्यास गर्नाले स्वास्थ्यका दृष्टिले तथा शारीरिक र मानसिकरुपमा पनि सकारात्मक ऊर्जा मिल्ने भएकाले यो विधि महत्वपूर्ण भएको पतञ्जलि योग समिति गण्डकी प्रदेश महिला प्रभारी मैयादेवी लम्सालले बताउनुभयो । डेढघण्टाको अवधिमा योगका विभिन्न आशन तथा चरणका बारेमा प्रत्यक्षरूपमा अभ्यास गराउनाले क्वारेन्टिनमा बस्नेहरुमा सकारात्मक भाव देखिएको प्रशिक्षक पतञ्जलि योग समिति गण्डकी प्रदेश सदस्य वासुदेव अधिकारीले बताउनुभयो । पहिलो लहरको कोभिड १९ को सङ्क्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि स्थानीय संघ संस्था तथा ब्यक्तिहरुले नगद, जिन्सी तथा खाद्यान्न गरी एक करोड बढी सहयोग गरेका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । भारत तथा तेस्रो मुलुकबाट आएका वालिङका नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको टोली औषधिसहित घर घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको थियो । वालिङमै उपचार संभव हुने बिरामीहरुलाई वालिङमै र यहाँ उपचार संभव नभएका बिरामीहरुलाई निशुल्क एम्बुलेन्सको ब्यवस्था गरी पोखरा, काठमाडौं लगायतका अस्पतालमा पु¥याउने कार्य नगरपालिकाले गरेको थियो ।

help_corona_waling
सर्वसाधारणहरु स्वतस्फुर्तरुपमा नगरपालिकालाई नगद सहयोग गर्दै

 

Facebook Comments Box
TOP