कक्षा १२ को परीक्षा आजदेखि

काठमाण्डाै : कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । असोज ८ गतेसम्म हुने परीक्षाका लागि ३ लाख ७४ हजार ४ सय १३ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ११ देखि दिउँसाे २ बजेसम्म हुनेछ ।
हरेक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताउनुभयो । उहाँका अनुसार कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीहरुलाई पछि छुट्टै व्यवस्था गरिनेछ । विद्यार्थीले आफू संक्रमित भएको प्रमाणसहित आफू परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था गरिने उहाँले बताउनुभयो ।
परीक्षाका लागि तयार पारिएका प्रश्नपत्र बिहान साढे १० बजेसम्ममा अनलाइन माध्यमबाट हरेक परिक्षा केन्द्रमा पुर्याइने अध्यक्ष डा. पौडेलले बताउनुभयो ।
यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित भएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…