कक्षा १२ को परीक्षा आजदेखि
काठमाण्डाै : कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । असोज ८ गतेसम्म हुने परीक्षाका लागि ३ लाख ७४ हजार ४ सय १३ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ११ देखि दिउँसाे २ बजेसम्म हुनेछ ।
हरेक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताउनुभयो । उहाँका अनुसार कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीहरुलाई पछि छुट्टै व्यवस्था गरिनेछ । विद्यार्थीले आफू संक्रमित भएको प्रमाणसहित आफू परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था गरिने उहाँले बताउनुभयो ।
परीक्षाका लागि तयार पारिएका प्रश्नपत्र बिहान साढे १० बजेसम्ममा अनलाइन माध्यमबाट हरेक परिक्षा केन्द्रमा पुर्याइने अध्यक्ष डा. पौडेलले बताउनुभयो ।
यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


