बिरुवा गाँउपालिकाले गर्याे प्रधानाध्यापकहरु सँग कार्यसम्पादन सम्झौता ।
बिरुवा
बिरुवा गाउपालिका स्याङ्जाले आफ्नो गाँउपालिका भित्र रहेका सम्पुर्ण सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । गाँउपालिकाले बालदिबसको अबसर पारेर एउटा विशेष कार्यक्रमका बीच ३४ वटा सामुदायिक बिधालयहरुका प्रअ हरुसँग उक्त सम्झौता गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एबम गाँउपालिकाका अध्यक्ष चुनप्रशाद शर्माले कार्यसम्पादन सम्झौताले गाउपालिकाको शैक्षिक गुणस्तर अभिबृद्दिको लागि महत्वपुर्ण सहयोग गर्ने बताउनु भयो । उहाँले गाँउपालिकाले शुरु गरेकाे अभियानमा सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुबाट समेत सहयोगको अपेक्षा राखेको बताउनु भयो ।

गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुबेदीले प्रधानाध्यापकहरुसँग ३ बर्सको कार्यसम्पादन सम्झौता गरिएको बताउनु भयो । उहाँका अनुशार यस अबधिमा बिद्यालयले अन्य विभिन्न शैक्षिक सुचकका अलाबा मुख्यगरी बिद्यार्थीकाे सिकाइ उपलब्धिमा गत शैक्षिक शत्रलाइ आधार मानी १० % ले अभिबृद्दी गर्नु पर्ने छ । यस भन्दा अगाडि गाँउपालिका कार्यलयको तर्फबाट आफुले शिक्षा शाखा प्रमुख सँग कार्यसम्पादन सम्झौता गरिसकेको र अब प्रअ हरुले आफ्न विषयगत शिक्षकहरुसँग समेत छुट्टाछुट्टै सम्झौता गर्नु पर्ने उहाँले बताउनु भयो । गाउपालिकाका शिक्षा शाखा प्रमुख जीबलाल भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन श्रीराम वाग्लेले गर्नु भएको थियो । कार्यक्रममा सामाजिक बिकास समितिका सम्याेजक इन्द्रप्रशाद पौडेल लगायतले भनाइ राख्नु भएको थियो ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


