काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा ।
काठमाडौं
अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । अफगानिस्तानका लागि कतारका राजदूताबासले काबुल विमानस्थल सञ्चालनमा आएको जनाएको छ । यो व्यावसायिक उडान नभएर मात्र मानवीय सहयोगका लागि रहेको बताइएको छ ।
तात्कालका लागि सहयोग सङ्कलन गर्न विमानस्थल सञ्चालनमा ल्याएको छ । छिट्टै आम सर्वसाधारणले उपयोग गर्न पाउने गरी विमान सेवा सञ्चालनमा आउने बताइएको छ ।
अमेरिकी सेनाले गत् अगष्ट ३१ को बिहान काबुल विमानस्थल छोडे यता विमान सेवा अबरुद्ध बन्न पुगेको थियो ।
संयुक्त राष्ट्र संघले खाद्य संकटले कम्तिमा दश लाख बालबालिका प्रभाबित भएको गत् साता बताएको थियो । तात्कालै मानवीय सहयोगको आवश्यकता रहेको जनाउँदै राष्ट्र संघले सहयोगका लागि अपील समेत गरेको थियो । तर मानवीय सहायता पुग्न कठीनाइ भएपछि तात्कालका लागि विमानस्थल मरम्मत गरी सञ्चालनमा ल्याइएको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


