शिक्षा बिना विकास र समृद्धी संभव हुदैंन : मन्त्री श्रेष्ठ

भवानी अधिकारी/स्याङजा :
स्याङजा ५ भदौ । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठले ब्यवहारिक र भुगोल सुहाउदो शिक्षा अहिलेको पहिलो आवश्यकता रहेको बताए ।
भीरकोट नगरपालिका २ स्थित को दशथुम माबिमा बालबालिकाका लागि अनलाईन अफलाईनमा आधारित बैकल्पीक सिकाई सामाग्री परीक्षण कार्यक्रम तथा अफलाईन मोबाइल एपको डेमो परिक्षणको शनिवार उदघाटन गर्दैै सो कुरा बताएका हुन।
मन्त्री श्रेष्ठले शिक्षालाई परिबर्तन गर्न नसकेमा बिकास र समृद्धी संभव नरहेको ठोकुवा गरे। आत्मनिर्भर सहित ब्यवसायी शिक्षामा जोड दिदैै मन्त्री श्रेष्ठले कोरोनाको कहरले शिक्षालाई पछाडी धकेलेको अवस्थामा अफलाईन प्रबिधि अत्यन्त उपयोगी रहेकोले आफु निरन्तर लागि परेको बताए।
दहथुमबाट शुरुवात गरेको बैकल्पिक शिक्षा गाउँ केन्द्रित गरेको र शिक्षाबाट कुनै पनि बालबालिका बन्चित नहुन नहुन भन्ने आफनो मुल उदेश्य रहेको जानकारी गराए।
कार्यक्रममा भीरकोट नगर प्रमुख छायाराम खनालले सफल परिक्षण भएका भीरकोटका सबै बिद्यालयमा अफलाईन प्रबिधि प्रयोग गर्ने प्रतिबद्धता जनाउदै मन्त्री श्रेष्ठले शिक्षामन्त्री भएपछि शिक्षा नीति र अफलाईन एप जस्ता प्रभावकारी कार्यक्रम ल्याएकोमा धन्यवाद दिए।
कार्यक्रममा शिक्षा निर्देशक अम्बिका आचार्य, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, भीरकोट नगरउपप्रमुख सीमा केसी कर्माचार्य, सूचना प्राबिधिक देवेन्द्र पौडेल, शिक्षिका इन्दिरा केसी, छात्रा प्रतिक्षा थापा लगायतले एपको सहज प्रभावकारिताका बारेमा जोड दिए ।
दहथुम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक वेदप्रसाद अर्यालले स्वागत एवं शिक्षक उमाकान्त पौडेलले संचालन गरेका थिए।
बिद्यार्थीले मोबाईलमा अफलाईन एप्स खोलेपछि कक्षा आउने, बिषय आउने र अफलाईन पढाई गर्न सक्नेगरी बैकल्पिक सिकाई एवं पढाईको ब्यवस्था मिलाइएको छ ।
यस बिद्यालयमा परीक्षण प्रभाकारी भएमा प्रदेश भित्रका एक हजार ४४८ वटा बिद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका तीन लाख ६४ हजार चार सय बिद्यार्थी लाभान्वित हुनेगरी प्रबिधिको विस्तार गर्ने बताइएको छ ।

Facebook Comments Box
TOP