संग्रहालय बनाउन महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइयो ।
काठमाण्डौ:
महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका– ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर किनेर नेपाल प्रज्ञा–प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो ।
संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा–प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिनुभयो । ‘प्रतिष्ठानमा सबै बुद्धिजीवी व्यक्तिहरू बस्नुहुन्छ । सबै पढेलेखेको बुद्धिजीवी व्यक्तिहरू बस्नुहुन्छ । राम्रोनै गर्नुहुन्छ भन्ने आशामा छु । उहाँहरू जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने लागेको छ ।’ उँहाले भन्नुभयो
महाकवि देवकोटाको घर सरकारले दुई करोड ५० लाखमा किनेको हो । देवकोटाले सो घर वि।सं। १९९० सालतिर किनेको बताइएको छ ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…