संग्रहालय बनाउन महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइयो ।
काठमाण्डौ:
महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका– ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर किनेर नेपाल प्रज्ञा–प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो ।
संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा–प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिनुभयो । ‘प्रतिष्ठानमा सबै बुद्धिजीवी व्यक्तिहरू बस्नुहुन्छ । सबै पढेलेखेको बुद्धिजीवी व्यक्तिहरू बस्नुहुन्छ । राम्रोनै गर्नुहुन्छ भन्ने आशामा छु । उहाँहरू जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने लागेको छ ।’ उँहाले भन्नुभयो
महाकवि देवकोटाको घर सरकारले दुई करोड ५० लाखमा किनेको हो । देवकोटाले सो घर वि।सं। १९९० सालतिर किनेको बताइएको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


