सेल्फी खिच्दै गर्दा चट्याङ लागेर भारतमा ११ जनाको मृत्यु ।

एजेन्सि:
भारतको जयपुर सहरमा गत आइतबार चट्याङका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ। उक्त घटनामा धेरै जना घाइते भएका छन्।

पीडितहरूले १२औ शताब्दीमा बनेको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेका बेला घटना भएको बताइएको छ।

त्यस बेला किल्ला र आसपासका स्थानमा २७ जना रहेको र तीमध्ये केहीले भुइँमा हाम फालेको बताइएको छ।

सन् २००४ यता भारतमा चट्याङका कारण दुई हजार भन्दा बढीको मृत्यु भएको छ।

Facebook Comments Box
TOP