स्याङजामा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टा’ पुष्टि, थप सतर्कता अपनाउन अनुरोध
स्याङजामा कोरोना भाईरसको नयाँ भेरियन्ट डेल्टा पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार स्याङ्जा र गोरखा जिल्लामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको हो ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षीय २ पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया ३ महिलामा नयाँ भेरियन्टसहितको संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि जेठ ३१ गते जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएका ५ वटा नमुनाहरुमा नयाँ भेरिएन्ट फेला परेको हो ।
यससँगै सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन निर्देशनालयले अनुरोधसमेत गरेको छ ।
यसैबीच स्याङजामा पुष्टि भएका भनिएका दुवैजना संक्रमित निको भएर घर फर्किसकेका कालीगण्डकी गाँउपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, अहिले त्यस्तो कुनै समस्या छैन ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


