स्याङ्जाका ५५ विद्यालयमा फोनबाट सिकाइ सहजीकरण हुँदै
स्याङ्जा :
स्याङ्जाका ५५ सामुदायिक विद्यालयका कक्षा एक र दुईका विद्यार्थीहरुलाई शिक्षकहरुद्वारा फोनबाट सिकाइ सहजीकरण गरिने भएको छ । कोरोना माहामारीका कारण विद्यालयहरु बन्द भएपछि अभिभावकहरुसँग फोन सम्पर्क गरी विद्यार्थीहरुलाई फोनबाटै सिकाइ सहजीकरण गर्न लागिएको हो ।
रुम टु रिड र सूर्याेदय क्लबको साझेदारीमा साक्षरता कार्यक्रम सञ्चालित विद्यालयमा यो क्रियाकलाप सञ्चालन गर्न लागिएको छ । विद्यालयका प्रधानाध्यापक, कक्षा एक र दुईको नेपाली भाषा शिक्षकहरुलाई १० समूहमा विभाजन गरी रुम टु रिड र सूर्योदय क्लबले अभिमुखीकरण गरिसकेको छ । अभिमुखीकरण कार्यक्रममा दहथुम मावि काप्रधानाध्यापक वेद प्रसाद अर्यालले विद्यार्थीहरुसँग जोडिने सबैभन्दा सजिलो र प्रभावकारी माध्यम फोन भएको र सिकाइलाई सहजीकरण गर्न विद्यालय तयार रहेको बताउनुभयो ।
फोन मार्फत अक्षर चिनारी, बाह्रखरी, शब्द भण्डार, अनुच्छेद पठन तथा पठन बोधको विषयमा सिकाइ सहजीकरण गर्न अभिमूखीकरण गरिएको रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत राजन सापकोटाले जानकारी गराउनुभयो । सापकोटाले थप्दै भन्नुभयो “सिकाइ जहिले पनि जहाँ पनि भन्ने मान्यतालाई सार्थक बनाउन र अबको शैक्षिक सत्रको पढाइलाई टेवा पु¥याउन यो क्रियाकलाप अगाडि सारिएको हो ।”
अभिमुखीकरण रुम टु रिडका राजन सापकोटा, टेक बहादुर ढेंगा, सन्तोष खनाल र सूर्याेदय क्लबका आशिष न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


