एसईईमा ८० प्रतिशत भन्दा बढी अंकमा कारण खुलाउनुपर्ने ।
काठमाडौँ :
राष्ट्रिय परीक्षा बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ जारी गरेको छ ।
गतवर्ष आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्दा शिक्षकहरूले बढाइचढाई अंक दिएको पाइएपछि यसपटक केही कसिलो प्रावधानसहित कार्यविधि जारी गरिएको हो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा त्यसभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीको हकमा विषयगत शिक्षकले अनिवार्य रूपले ठोस कारण उल्लेख गर्नुपर्ने बताए । ‘नतिजा सकभर वस्तुनिष्ठ होस् भनेर केही व्यवस्था गरेका छौं,’ उनले भने, ‘विद्यालयस्तरीय मूल्यांकन समिति पनि गत वर्षभन्दा बढाएर ५ जनाको बनाएका छौं ।’
विद्यालयले पठाएको अंक अस्वाभाविक लागे जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले पुनः विद्यालयमा फिर्तापठाउन सक्ने व्यवस्थासमेत गरिएको छ । गतवर्षजस्तो जथाभावी अंक दिने प्रवृत्ति रोक्न यस्ता प्रावधान राखिएको बोर्डका पदाधिकारीहरूले जनाए ।
विद्यालयले पठाएको अंक अस्वाभाविक लागेमा इकाईले आधार र प्रमाणसहितको कागजातसमेत माग गर्न सक्ने कार्यविधिमा उल्लेख छ । अस्वाभाविक अंक पाउने विद्यार्थीको कक्षा ८ देखिको नतिजाका उपलब्धि विश्लेषण गर्न सकिनेछ ।
५ लाख १७ हजार विद्यार्थी एसईईको नतिजाको पखाईमा छन् । कार्यविधिअनुसार यी प्रत्येक विद्यार्थीको विषय शिक्षकले मूल्यांकन गरेर विद्यालयस्थित मूल्यांकन समितिमा अंक पेस गर्नुपर्नेछ । प्रधानाध्यापकको संयोजकत्वमा ५ सदस्यीय समिति रहनेछ् । समितिमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकसहितका सदस्य हुनेछन् । समितिले विषय शिक्षकले बुझाएको विद्यार्थीको प्राप्तांक प्रमाणित गरेर इकाईमा बुझाउनेछ । इकाईले रुजु र प्रमाणीकरण सहित विद्यालयबाट प्राप्त अंक बोर्डमा पठाउनुपर्नेछ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


