कोरोनाको पछिल्लो खतरनाक प्रकार ‘डेल्टा प्लस’का यी हुन् लक्षण !
पछिल्लो समय कोरोना भाइरसको अझ घातक प्रकार बनेको छ। जसको नाम हो– डेल्टा प्लस। भारतमा आतंक मच्चाइरहेको यो भेरिएन्ट नेपालमा पनि भित्रिसकेको रिपोर्ट हालै मात्र सार्वजनिक भएको छ।
कोरोनाको यो भेरिएन्ट सबै उमेर समूहका मानिसलाई संक्रमण गर्न सक्ने क्षमताको छ भने यसले मानिसको रोग प्रतिरोधी क्षमतालाई समेत चुनौती दिने वैज्ञानिकले बताएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नै यो भेरिएन्ट निकै खतरनाक भनेको छ। यसले संक्रमण गर्दा सामान्यदेखि गम्भीरसम्मका लक्षण देखापर्छन्, जसलाई बिर्सेर पनि बेवास्ता गर्न नहुने चिकित्सक बताउँछन्।
आउनुहोस्, यस विषयमा भारतका जनरल फिजिसियन डा. राजेश मुन्डेजाबाट जानकारी लिऔं।
के हो डेल्टा प्लस?
कोरोना भाइरसको प्रकार डेल्टा अर्थात् बी१.६१७.२ बाट उत्परिवर्तन भएर बनेको अर्काे नयाँ भेरिएन्ट हो। यो प्रकार सबैभन्दा पहिले गत मार्च अन्त्यतिर युरोपमा फेला परेको थियो। वैज्ञानिकले यसलाई डेल्टा प्लस, एवाई१ नाम दिएका छन्।
डेल्टा प्लसका सामान्य लक्षण
–सुक्खा खोकी लाग्नु
–ज्वरो आउनु
–थकाइ महसुस हुनु
–दुखाइ हुनु
–छालामा दाग देखिनु
–खुट्टाको औंला र औंलाको रङ परिवर्तन हुनु
–घाँटी दुख्नु
–टाउको दुख्नु
–पखाला लाग्नु
डेल्टा प्लसका गम्भीर लक्षण
–सास बढ्नु
–छाती दुख्नु
–सास लिन गाह्रो हुनु
–बोल्न गाह्रो हुनु
नेपालखबरबाट
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


