कोरोनाको पछिल्लो खतरनाक प्रकार ‘डेल्टा प्लस’का यी हुन् लक्षण !

पछिल्लो समय कोरोना भाइरसको अझ घातक प्रकार बनेको छ। जसको नाम हो– डेल्टा प्लस। भारतमा आतंक मच्चाइरहेको यो भेरिएन्ट नेपालमा पनि भित्रिसकेको रिपोर्ट हालै मात्र सार्वजनिक भएको छ।
कोरोनाको यो भेरिएन्ट सबै उमेर समूहका मानिसलाई संक्रमण गर्न सक्ने क्षमताको छ भने यसले मानिसको रोग प्रतिरोधी क्षमतालाई समेत चुनौती दिने वैज्ञानिकले बताएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नै यो भेरिएन्ट निकै खतरनाक भनेको छ। यसले संक्रमण गर्दा सामान्यदेखि गम्भीरसम्मका लक्षण देखापर्छन्, जसलाई बिर्सेर पनि बेवास्ता गर्न नहुने चिकित्सक बताउँछन्।
आउनुहोस्, यस विषयमा भारतका जनरल फिजिसियन डा. राजेश मुन्डेजाबाट जानकारी लिऔं।
के हो डेल्टा प्लस?
कोरोना भाइरसको प्रकार डेल्टा अर्थात् बी१.६१७.२ बाट उत्परिवर्तन भएर बनेको अर्काे नयाँ भेरिएन्ट हो। यो प्रकार सबैभन्दा पहिले गत मार्च अन्त्यतिर युरोपमा फेला परेको थियो। वैज्ञानिकले यसलाई डेल्टा प्लस, एवाई१ नाम दिएका छन्।
डेल्टा प्लसका सामान्य लक्षण
–सुक्खा खोकी लाग्नु
–ज्वरो आउनु
–थकाइ महसुस हुनु
–दुखाइ हुनु
–छालामा दाग देखिनु
–खुट्टाको औंला र औंलाको रङ परिवर्तन हुनु
–घाँटी दुख्नु
–टाउको दुख्नु
–पखाला लाग्नु
डेल्टा प्लसका गम्भीर लक्षण
–सास बढ्नु
–छाती दुख्नु
–सास लिन गाह्रो हुनु
–बोल्न गाह्रो हुनु
नेपालखबरबाट
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…