थप ३ हजार ७४९ संक्रमित, ५९ जनाको मृत्यु

आँधीखोला समाचार डेस्क आँधीखोला समाचार डेस्क २७ जेष्ठ २०७८, बिहीबार १७:४१

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९०१ पीसीआर परीक्षणबाट २ हजार ८ सय ७४ र ५ हजार ३ सय ३७ एन्टिजेन परीक्षणबाट ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५९ जनाको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल ७७ हजार ८५८ सक्रिय संक्रमित रहेका छन् ।

Facebook Comments Box
यो पनि पड्नुहोस..  भीरकोट : ढापुक स्वास्थ्य चौकीको नवनिर्मित भवन हस्तान्तरण

ताजा अपडेट

धेरै कमेन्ट गरिएका