काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप

काठमाडौं : आज  चीनबाट ८ लाख डोज खोप नेपाल आइपुगेको छ । चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये ८ लाख मात्रा  आज काठमाडौं आइपुगेको हो ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खोप लिनका लागि सोमवार राति बेइजिङ प्रस्थान गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।
यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोग समेत भइसकेको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP