स्याङ्जाका ५३ सहित गण्डकीमा थप ३८० जना संक्रमित ।
पोखरा :
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३१३ जनामा गरिएको नमुना परीक्षणमा स्याङ्जाका ५३ सहित गण्डकीमा ३८० जना मानिसमा कोरोना पोजेटिभ देखिएको छ ।
आज संक्रमण पुष्टि हुनेमा स्याङ्गजाका ५३ गरि कास्कीका १४६ जना, तनहुँका ६५ जना, गोरखाका ३५ जना, लमजुङका १२ जना, नवलपुरका ४२ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, पर्वतका आठ जना, बागलुङका ११ जना, म्याग्दीका सात जना र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५१ हजार २७ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३६० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४४ हजार ८२१ पुगेको छ।
सोमबार गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका एक जना, गोरखाका दुई जना र बागलुङका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८५४ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


