स्याङ्जाका ५३ सहित गण्डकीमा थप ३८० जना संक्रमित ।

पोखरा :

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३१३ जनामा गरिएको नमुना परीक्षणमा स्याङ्जाका ५३ सहित गण्डकीमा ३८० जना मानिसमा कोरोना पोजेटिभ देखिएको छ ।

आज संक्रमण पुष्टि हुनेमा स्याङ्गजाका ५३ गरि कास्कीका १४६ जना, तनहुँका ६५ जना, गोरखाका ३५ जना, लमजुङका १२ जना, नवलपुरका ४२ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, पर्वतका आठ जना, बागलुङका ११ जना, म्याग्दीका सात जना र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५१ हजार २७ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३६० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४४ हजार ८२१ पुगेको छ।

सोमबार गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका एक जना, गोरखाका दुई जना र बागलुङका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८५४ पुगेको निर्देशनालयले जनाएको छ ।

Facebook Comments Box
TOP