कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने, तयारीमा रहन मन्त्रालयको विज्ञप्ति ।
काठमाण्डौ:
कोरोना भाइरसको तेस्रो र चौथो लहर पनि नेपाल आउन सक्नेतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सबै बर्गमा सचेत गराएको छ ।
दोस्रो लहर जस्तै तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी संक्रमित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तिमा २० प्रतिशत शैया कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नु हुन अनुरोध छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ। त्यसका लागि अहिलेदेखि नै रोकथाम र नियन्त्रणका तयारी थाल्नुपर्ने मन्त्रालयको भनाइ छ।
मन्त्रालयले अबको महामारीको तयारीका लागि सबै अस्पतालहरूलाई कम्तिमा २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन निर्देशन दिएको हो । मन्त्रालयले कोरोनाको पहिलो लहर नियन्त्रणउन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको पनि उल्लेख गरेको छ।
अब तेस्रो र चौथो लहर आउन सक्ने भएकोले पूर्वतयारी गर्नुपर्ने मन्त्रालयले बताएको हो। ‘पहिलो र दोस्रो लहरले अत्याधिक मात्रामा बृद्धबृद्धा र युवाहरू संक्रमित भएको हुँदा व्यवस्थापन तयारी बृद्धबृद्धा र युवा लक्षित मात्र हुन पुगेको छ। साथै मन्त्रालयले बेलैमा अक्सिजनको व्यवस्थापनसमेत गर्न सबै अस्पतालहरूलाई अपिल गरेको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


