स्याङ्गजाका ३९ जना सहित गण्डकीमा थप ३३७ जनामा कोरोना, ११ को मृत्यु ।
पोखरा:
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा स्याङ्गजाका ३९ जना सहित गण्डकीमा थप ३३७ जनामा कोरोना पोजेटिभ आएको छ भने ११ जनाको मृत्य भएको छ । गण्डकीका १ हजार ३४१ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्यामा रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
संक्रमण पुष्टि हुनेमा स्याङ्गजाका ३९ जना, कास्कीका ६७ जना, तनहुँका ४८ जना, गोरखाका ५३ जना, लमजुङका एक जना, नवलपुरका ११ जना, पर्वतका २२ जना, बागलुङका ६१ जना र म्याग्दी जिल्लाका ३५ जना रहेका छन ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३८० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५० हजार ९८७ पुगेको छ।
आज मृत्यु पुष्टि हुनेमा कास्कीका आठ जना, तनहुँका एक जना र स्याङ्गजाका दुई जना छन् । यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९३४ पुगेको छ ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


