६६५३ जनामा संक्रमण पुष्टि, ८६६३ जना निको भए ।
काठमाण्डौ:
पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण तथा ८ हजार ६६३ जना निको भएका छन् । जम्मा २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । नेपालमा निको हुने दर ८१।९ प्रतिशत रहेको छ ।हाल सम्म नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा। १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् । साथै संक्रमणबाट थप १०१ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा ७ हजार ७३१ जनको मृत्यु भइसकेको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


