बिपिसिद्वारा गल्याङ अस्पताललाई झण्डै सात लाख बराबरको सामाग्री सहयोग ।
गल्याङ :
बुटवल पावर कम्पनी (विपिसी) ले गल्याङ नगर अस्पतालका लागि झण्डै सात लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
अस्पतालमा गरिएको एक कार्यक्रमका वीच विपिसी आँधिखोला जलविद्युत केन्द्रले अस्पतालका अध्यक्ष तथा नगरपालिका प्रमुख भुपराज अधिकारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
विपिसीले दुई वटा अक्सिजन कन्सन्टेटर, एक सय ५० वटा एण्टिजिन टेस्ट किट, ६ वटा अक्सिजन ग्याँस सिलिण्डर, १० वटा अक्सिजन रेगुलेटर, आठ वटा पल्स अक्सिमिटर, ३५ वटा पिपिई सेट र १५ वटा सर्जिकल पञ्जा सहयोग गरेको हो । यस्तै, १८ सय वटा मास्क, ८० लिटर हेण्ड सेनिटाइजर, ८० वटा फेस सिल्ड तथा ५०० वटा सर्जिकल हेड क्याप गरी कुल ६ लाख, ८७ हजार पाँच सय ४० रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेकोे छ । स्वास्थ्य सामाग्री ग्रहण गर्दै नगरप्रमुख अधिकारीले महत्वपूर्ण सामाग्री सहयोगका लागि आभार व्यक्त गर्नुभयो । नगरप्रमुख अधिकारीले गल्याङ नगरपालिकालाई बिभिन्न समयमा बिभिन्न कुरामा बुटवल पावर कम्पनीले महत्वपूर्ण सहयोग गरेकोले नगरपालिकाको तर्फबाट पनि यस जलविद्युत केन्द्रका लागि सक्दो सहजिकरण र सहयोग गर्न आफु र नगरपालिका सधैं तयार रहेको बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष महेश भट्टराईले नगर अस्पतालका लागि विपिसीका तर्फबाट गरिएको सहयोग निकै महत्वपूर्ण रहेको बताउदै महामारीलाई सबै मिलेर सामना गर्नुपर्ने भन्दै यस्तै सहयोग सबै पक्षबाट गर्न आग्रह गर्नुभयो ।
बुटवल पावर कम्पनी-आँधीखोला जलविद्युत केन्द्र गल्याङका प्रमुख डोल खरेलले अस्पतालसँग समन्वय गरी अति आवश्यक सामाग्रीहरु कम्पनिको तर्फबाट सहयोग गरिएको बताउनुभयो ।
उहाँले गल्याङ नगरवासीको स्वास्थ्यलाभको कामनाका लागि बुटवल पावर कम्पनी सधैं तत्पर रहेको बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


