बिरुवा गाउँपालिका ४ मा कांग्रेसको राहत

NC-Biruwa-Palika

पोखरा : नेपाली कांग्रेस वडा कार्यसमिति बिरुवा गाउँपालिका ४ स्याङ्जाले खाद्यान्न र औषधी सहयोग गरेको छ । कांग्रेसको वडा कमिटीले साबिकको ओरष्टे गाविसभित्र रहेका गरिब तथा विपन्न परिवारलाई शनिबार राहत उपलब्ध गराएको हो ।

पालिकाको ४ नम्बर वडाभित्र रहेको २ सय ५० घरलाई खाद्यान्न वितरण गरेको नेपाली कांग्रेस स्याङ्जाका प्रदेश सचिव डोलराज पोखरेलले जानकारी दिए । खाद्यान्नमा चामल, तेल, दाल र नुन वितरण गरेको प्रदेश कार्यसमिति सदस्य नरेश पोखरेलले बताए ।

कोरोना महामारीको समयमा गाउँमा सचेतना जगाउँदै भिटामिन ‘सि’, सिटामोल, मास्क र हात धुने साबुन पनि वितरण गरिएको वडा इकाइ उपसभापति मुक्त गुरुङको भनाइ थियो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य चन्द्रकान्त पोख्रेलले महामारीको समयमा वडा इकाइ कमिटीले सराहनीय काम गरेको धारणा राखे । बिरुवा ४ घर भई पोखरालगायत देशको विभिन्न सहरमा बस्ने साथै विदेशमा रहेकाले दुखको बेला गाउँलाई सम्झिएकोमा नेपाली कांग्रेस वडा कार्यसमिति बिरुवा गाउँपालिका उपसभापति नारायण पोखरेलले धन्यवाद दिए । वडा इकाइ सभापति ऋषिराम शर्माले आगामी दिनमा पनि वडाबासीबाट सहयोगको अपेक्षा गरे ।

वडा ४ मा दैनिक मजदुरी गरेर जीवन चलाउनेलाई लकडाउनपछि समस्या सुरु भएकाले राहतले धेरै सहयोग पुग्ने वडा इकाइ सचिव ज्योतिप्रकाश थापाले बताए।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP