वालिङ नगरपालिकाद्वारा अक्सिजन सहितको बेड तयार ।
वालिङ :
संक्रमणको दर बढ्न थालेको भन्दै वालिङ नगरपालिकाले अक्सिजन सहितको सुविधा सम्पन्न बेड तयार गरेको छ । तत्कालका लागि गह्रांै प्राथमिक अस्पतालको परिसरमा अक्सिजन र निवुलाईजर सहितको बेड तयार पारिएको नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा ६ वटा बेड तयार गरेका छौं आवश्यक्ता अनुशार थप गर्ने छौं ।” ठाँउको व्यवस्थापन गरिसकिएको जानकारी दिदै नगरप्रमुख खाँणले नागरिकलाई नआत्तिन आग्रह समेत गर्नु भयो ।अस्पताल परिसरमा बन्दै गरेको नयाँ भवनलाई सुविधा सम्पन्न आईसोलोसनका रुपमा बिकास गरिने प्रमुख खाँणको भनाई छ ।
नगरपालिकाले अस्पतालमा नै कोरोनाको एन्टिजेन समेत परिक्षण गर्दै आएको अस्पतालका प्रमुख डाक्टर सरोज थापाले बताउनु भयो । उहाँले संक्रमित बढ्ने क्रममा रहेका र त्यही अनुशार तयारी पनि गरिरहेको जानकारी दिनुभयो ।
कोरोना संक्रमित बिरामीहरुका लागि भर्ना गरी सबै खाले सेवा प्रदान गर्ने गरी आफूहरु तयारी अवस्थामा रहेको अस्पतालका अधिकृत तथा सूचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले बताउनु भयो । उहाँले भन्नुभयो, “कोरोना संक्रमितको लागि उपचारमा आवश्यक पर्ने सबै सामाग्रीहरु नगरपालिकाले जुटाई सकेको छ ।”
मंगलबार अपरान्ह सम्म वालिङमा सक्रिय संक्रमितको संख्या १ सय ६३ रहेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकरी दिनुभयो । दोस्रो पटक फैलिएको संक्रमणबाट वालिङका १ सय ७३ जना संक्रमित भएका छन् जस मध्ये १ जनाको मृत्यु प्रमुख पाण्डेले बताउनु भयो ।
पछिल्लो पटक संक्रमित थपिने क्रम जारी छ । मंगलवार मात्रै १६ जना संक्रमित थपिएकाछन् ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


