स्याङजामा अक्सिजन प्लान्ट स्थापना गर्न १ करोड ५० लाख रकम स्वीकृत
स्याङजा :
स्याङजामा अक्सिजन प्लान्ट संचालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्रालयको रिफारिसमा अर्थ मन्त्रालयले स्याङजा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि एक हरोड ५० लाख बजेट स्वीकृत गरेको हो ।
अक्सिजन प्लान्टका लागि बजेट स्वीकृत भएपछि स्याङजा जिल्ला सहित यस भेगका जिल्लामा अक्सिजन अभाव नहुने बताइएको छ । कोरोना प्रभावित बिरामीका लागि अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेकोमा स्याङजाका नागरिक हर्षित भएकाछन् ।
स्याङजामा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि जिल्लाका ११ वटै पालिकाको बैठकले निर्णय गरेको थियो । जिल्ला समन्वय समितिको पहलमा भएको बैठकले जिल्लामा प्लान्ट बनाउने निर्णय गर्दै नेपाल सरकारसँग आवश्यक सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको थियो ।
अक्सिजन पर्याप्त भएको खण्डमा स्याङजा अस्पताल सहित अन्य अस्पतालमा समेत कोरोना प्रभावित बिरामीको सहज उपचार गर्न सकिने र यसले मृत्युदर समेत कम हुने जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले बताउनुभयो ।
यता कृषि तथा पशु पंक्षी मन्त्री पद्मा कुमारी अर्यालले सामाजिक सञ्जाल फेसबुक मार्फत अक्सिजन प्लान्ट सञ्चालनका लागि बजेट बिनियोजन भएको जानकारी गराउनु भएको छ । जनस्वास्थ्यको सुरक्षा, आजको अपरिहार्यता भन्ने भनाई उल्लेख गर्दै अर्थमन्त्रालयबाट १ करोड ५० लाख बिनियोजन भएको उल्लेख गर्नु भएको छ । उहाँले प्लान्ट बनाउनको लागि मन्त्रालयलाई पठाएको पत्र पनि सार्वजनिक गर्नु भएको छ ।
प्लान्ट संचालनपछि दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुने र कोरोना प्रभावित बिरामीको उपचार गर्न सहज हुने छ ।


समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


