नतिजा प्रकाशन गरी असार १ गते देखि भर्ना प्रक्रिया शुरु गर्न गल्याङ नगरपालिकाको आग्रह
गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकाले वार्षिक परिक्षा तथा नतिजा प्रकाशन गर्न सूचना जारी गरेको छ । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव केदार राज आचार्यले आइतबार जारी गरेको सूचनामा वार्षिक परीक्षा तथा नतिजा प्रकाशन गरी असार १ देखि भर्ना प्रक्रिया सञ्चालन गर्न भनिएको छ ।
सूचनामा सम्भव भएसम्म अनुकुल मुल्याङ्कन प्रक्रिया अपनाई अनलाईन तथा भर्चुअल माध्यमबाट वा अन्य वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न भनिएको छ । जारी सूचनामा त्रैमासिक परीक्षा, अर्धवार्षिक परीक्षा वा निरन्तर मुल्याङ्कनलाई आधार मानेर पनि वार्षिक नतिजा प्रकाशन गर्न सकिने भनिएको छ ।
यस्तै, नतिजा प्रकाशनका लागि शिक्षकहरुले एक अर्कामा विद्यार्थीका प्राप्ताङ्क आदानप्रदान गर्दा विद्युतीय माध्यमको प्रयोग गर्ने तथा नतिजा प्रकाशन पनि विद्युतीय माध्यमबाटै गर्न भनिएको छ ।
यसैगरी शैक्षिक सत्र २०७८ को भर्ना सम्बन्धी कार्यक्रम पनि असार एक गते देखि विद्युतीय माध्यमबाट नै गर्न सूचनामा उल्लेख गरिएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


