गल्याङमा १० जनाको परिक्षण गर्दा ८ जना कोरोना संक्रमित भेटिए, थप एकको मृत्यु ।
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना संक्रमणको दर तिब्र गतिमा बढेको छ । नगरपालिकाले सञ्चालन गरेको गल्याङ नगर अस्पतालमा बुधबार गरिएको दश जनाको एण्टिजिन परिक्षणका क्रममा आठ जनामा संक्रमण पोजिटिभ देखिएको छ ।
संक्रमित हुनेहरुमा सबै जना गल्याङ नगरपालिका वडा नम्बर तीनका चार पुरुष र चार महिला रहेका छन् । वडा नम्बर तीनका ३३, ५३, र ४५ वर्षका पुरुष रहेका छन् भने वर्ष ५३, ४५ र ४५ वर्षका महिला रहेका छन् । यसै गरी १५ वर्षका बालक र १० वर्षकी बालिका पनि कोरोना संक्रमित भएका छन् ।
उनीहरुमा गम्भीर लक्षण नदेखिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यो संगै गल्याङ नगरपालिकामा कोरोना संक्रमणको नयाँ भेरियण्ट संक्रमितको संख्या २३ पुगेको छ । गल्याङ नगरपालिकामा यस अघि छ महिला र नौ पुरुष गरी १५ जनामा कोरोना संक्रमण देखिएको थियो ।
अहिलेसम्म वडा नम्बर ४, ५ र ६ बाहेकका सबै वडाहरुमा संक्रमितहरु भेटिएका छन् ।
नगरपालिका बाहिर काठमाडौंमा एक जना, पोखरामा तीन जना पाल्ल्पामा एक जना तथा बुटवलमा २ जना संक्रमितको उपचार भैरहेको छ ।
यस्तै नगरपालिकामा होम आइसोलेसनमा आठ जना, होम क्वारेण्टाइनमा तीन जना तथा संस्थागत क्वारेण्टाइनमा ६ जना बसिरहेका छन् ।
यसैबीच, नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । वडा नम्बर ११ का ५० वर्षका एक पुरुषको पोखरामा उपचारको क्रममा निधन भएपछि कोरोना बाट गल्याङ नगरपालिकामा मृत्यु हुनेको संख्या दुई पुगेको हो ।
संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको भन्दै सचेत हुन नगरवासीलाई गल्याङ नगरप्रमुख अधिकारीको अपिल
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको भन्दै सचेत हुन नगरवासीलाई अपिल गर्नुभएको छ ।
कोरोना संक्रमणको दर तिब्र गतिमा बढिरहेको भन्दै नगरप्रमुख अधिकारीले यो महामारीबाट जोगिन आफै सचेत हुनु बाहेक अर्को उपाय नभएको बताउनुभयो ।
पत्रकारहरुसँगको कुराकानीमा उहाँले आफै सचेत भएर प्रशासनले तय गरेका मापदण्डहरुको पालना गर्ने र उच्च साबधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो – ‘नगरपालिका सबै जनताको सुरक्षाको लागि सचेत ढंगले काम गरिरहेको छ, संक्रिमत हुन नदिने र भईहाले पनि नआत्तिएर अगाडि बढ्न म नगरवासीलाई आग्रह गर्दछु ।’
नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरिरहेको भन्दै उहाँले संक्रमितको उपचार गर्न नगरपालिका प्रतिबद्व भएको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले कोरोनाको महामारीबाट बच्नु नै अहिलेको मुख्य काम भएकाले सबै नगरवासी सचेत हुन आग्रह गर्नुभयो ।
आकस्मिक कामका लागि कार्यालय खुला राखिएको भन्दै उहाँले कुनै पनि समस्या परेमा नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्नुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


