गल्याङ नगर अस्पतालमा ९ वटा अक्सिजन सिलिण्डर सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर तीनमा रहेको गल्याङ नगर अस्पतालमा ९ वटा अक्सिजन सिलिण्डर सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना गरिएको छ ।
गल्याङ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) का विरामीका लागि लक्षित गरी अक्सिजन सहितको आइसोलेसन वार्डको स्थापना गरिएको हो ।
तीन जना चिकित्सक सहितको टोलीले विरामीहरुलाई सेवा दिइरहेको छ । हाल अस्पतालमा कोरोना भाइरस को परिक्षण गरिए पनि नतिजा पोजिटिभ देखिएका विरामीहरु होम आइसोलेसनमा बस्दै आएका छन् ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले अप्ठ्यारो परेका विरामीहरुका लागि आइसोलेसन वार्ड स्थापना गरिएको बताउनुभयो ।
उहाँले भेण्टिलेटरको आवश्यकता पर्ने विरामीहरुका लागि अक्सिजन सहित एम्बुलेन्समा पोखरा वा बुटवल लैजानका लागि पनि व्यवस्था गरिएको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘पोखराका अस्पतालमा बेडका लागि पनि कुरा भएको छ, सकेसम्म यहीं उपचार गर्ने र नभए अन्य ठाउँमा गएर उपचार गर्नका लागि पनि नगरपालिकाले लैजाने व्यवस्था गरेको छ ।’
उहाँले विरामीहरुको उपचारमा नगरपालिकाले कुनै कसर बाँकी नराखेकाले हतोत्साहित नहुन आग्रह गर्नुभयो ।
जुनसुकै बेला विरामीलाई आवश्यक ठाउँमा लैजाने प्रबन्ध नगरपालिकाले गरेको भन्दै नगरप्रमुख अधिकारीले नगरवासीको स्वास्थ्यमा नगरपालिका प्रतिबद्व रहेको बताउनुभयो ।
नगर अस्पतालमा स्थापना गरिएका बेड र अक्सिजनको कमी भएमा थप गर्न सकिने उहाँले बताउनुभयो ।
आवश्यक प्राविधिक र अन्य जनशक्तिका लागि नगरपालिकाले सबै तयारी गरिएकाले ढुक्क हुन उहाँले नगरवासीलाई आग्रह गर्नुभयो ।

नगरपालिका सधैं भरी नगरवासीको सुरक्षा र अभिभावकत्व ग्रहण गर्न तयार रहेको भन्दै नगरप्रमुख अधिकारीले कुनै समस्या भएमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।
गल्याङ नगर अस्पतालका प्रशासक थानापति न्यौपानेले विरामीहरुका लागि नगर अस्पतालमा आवश्यक सुविधा सहितको सम्पूर्ण व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उहाँले हालसम्म कोरोना परिक्षण गरिएका व्यक्तिहरुमा समस्या नआएकाले स्वइच्छाले होम आइसोलेसनमा बसिरहेको र कुनै समस्या परेमा सम्पर्क गर्न भनिएको बताउनुभयो ।
होम आइसोलेसनमा बसिरहेकाहरुलाई पनि औषधि सहितका सेवाहरु दिइरहेको र चिकित्सकहरुले निरन्तर अनुगमन गरिरहेको न्यौपानेले बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


