थप २ सय २५ कोभिड संक्रमितको मृत्यु, ९४ सय ८३ संक्रमित थपिए

काठमाडौं : नेपालमा थप २ सय २५ जना कोभिड संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार थप २ सय २५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको हो ।
मन्त्रालयले यसलाई नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको उल्लेख गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको २० हजार ५९६ पीसीआर र ७ सय २० एन्टिजेन परीक्षणबाट थप ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ । यो एकदिनमा संक्रमित हुने अहिलेसम्मकै उच्च संख्या हो ।
योसँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । कूल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको मन्त्रालयको तथ्यांक छ । गत २४ घण्टामा ५ हजार २ सय २५ जना संक्रमित निको भएका छन्।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…