कोभिडबाट एकैदिन १ सय ३९ जनाको मृत्यु, थपिए ९ हजार २७१ संक्रमित
काठमाडौं : नेपालमा एकैदिन १ सय ३९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअुनसार एकैदिन १ सय ३९ जनाको मृत्यु भएको हो । यो तथ्याङ्क सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ शव व्यवस्थापन तथ्याङ्कको आधारमा मृत्यु भएकाहरूको थप तथ्याङ्क भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको १७ हजार ६२३ पीसीआर र ७ सय ८८ एन्टीजेन परीक्षणबाट देशभर ९ हजार २७१ जना संक्रमित थपिएका छन् । योसँगै देशभर कोभिड संक्रमितको संख्या ४ लाख ३ हजार ९४ पुगेको छ ।
आज थपिएका संक्रमितमध्ये ३ हजार ६०७ जना काठमाडौं उपत्यकामै भेटिएका छन् । जसमध्ये काठमाडौंमा सर्वाधिक २ हजार ७७५, ललितपुरमा ५ सय ५ र भक्तपुरमा ३ सय २७ जना छन् ।
देशभर एकदिनमा ४ हजार ७ जना निको भएर घर फर्कँदा संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । अहिले ९३ हजार १४१ जना सक्रिय संक्रमित हुँदा आईसीयूमा ९ सय १० जना र भेन्टिलेटरमा २ सय ९५ जना रहेका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


