कोरोना संक्रमित बढे पछि स्याङ्जा प्रशासनले लगायो जिल्लाका तीन पालिकामा निशेधाज्ञा ।

jipraka_pic_new

स्याङ्जा:
स्याङ्जाका तिन पालिकामा दोस्रो लहरको कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निशेधाज्ञा लगाएको छ ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा जारी जारी गरिएको सूचनामा सोमवार बिहान ६ बजेबाट बैसाख ३१ गते राती १२ बजे सम्मका लागि निशेधाज्ञा गरिएको उल्लेख छ ।
यसअघि वालिङ, चापाकोट र गल्याङ् नगरपालिकाले स्वास्थ्य विपत घोषणा गर्दै बन्द गर्ने निर्णय गरेका थिए । समुदाय स्तरमा कोरोनका संक्रमण फैलिन थालेपछि तीन पालिकाले उच्च सर्तकर्ता अपनाउदै एक साताका लागि अत्यआवश्यक बाहेक सबै बन्द गर्ने निणर्य गरेका थिए । ११ पालिका मध्ये सबै भन्दा बढी कोरोना संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । २ सय संक्रमित पुगेपछि जिल्ला लकडाउन गर्न नेपाल सरकारबाट निर्देशन भए बमोजिम जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय १२ पुगेको छ ।
जिल्लामा अहिले सम्म २ सय १२ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । २१ जना सामान्य उपचारमा रहेको र १ सय ८८ होम आइसोलेन र तिन जना क्वारेन्टिनमा उपचारत रहेका छन् ।
जिल्लामा अन्य वालिङ, गल्याङ् र चापाकोट बाहेका अन्य पालिकाले परिक्षणको दायरा बढाएका छैनन् । तिन पालिकाले परिक्षणको दायरा बढाएकाले संक्रमण बढ्दो देखिएको बताइएको छ ।

के गर्नुपर्छ, के गर्न पाइन्छ, के गर्न पाइन्न :

अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पाइन्न

अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेकका गाडी काठमाण्डौ प्रवेश गर्न पाइन्न

जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक गाडी सञ्चालन गर्न पाइन्न

अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध, विद्युत्, दूरसञ्चार,

सूचना तथा सञ्चार, भन्सार, क्वरेण्टीन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि

अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइन्छ।

कुनैपनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न, सभाजुलुस गर्न पाइन्न।

परम्परागत रुपमा र दैनिक रुपमा भइआएको र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेक कुनै पनि धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट गर्न पाइन्न।

कुनै पनि प्रकारका सभा, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल सैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पूल, जीमखाना,

समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइन्न।

शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिवधि गर्न पाइन्न।

फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन गर्न पाइन्न।

होटल, रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्छ।

त्यो सम्भव नभए न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्न पाइन्छ।

अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने छ।

हवाई उडानबाट विदेश जानेहरुका हकमा राहदानी, प्रवेशाज्ञा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै विमानस्थल जाने सवारी साधनलाई सहजीकरण गरिने छ ।

यी बाहेक यो अवधिमा मौका छोपेरअत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेमाथि कडा कारवाही गर्ने सरकारले जनाएको छ।

त्यस्तै आदेशको उल्लङ्घन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानूनअनुसार कारवाही हुने  जनाइएको छ।

lokdown
lokdown
Facebook Comments Box
TOP