८ हजार ६ सय ५९ संक्रमित थपिए, ५८ को निधन

corona update

काठमाडौं : गएको २४ घण्टामा नेपालमा ८ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जना र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिइएको छ।

यस्तै, आज ५८ जना संक्रमितको निधन भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६६ हजार ३५२ जना सक्रिय संक्रमित रहेका छन्।

काठमाडौं उपत्यकामा ३ हजार ८३५ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६६ हजार ३५२ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै, आज १ हजार ९९३ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ।

Facebook Comments Box
TOP