कोरोना विरुद्धको अभियानमा एकजुट हुन नेपाली कांग्रेस स्याङजाको आग्रह

Kumar Rana

भवानी अधिकारी/स्याङजा :
नेपाली कांग्रेस स्याङ्जाले कोरोना भाइरस विरुद्धको अभियानमा एकजुट हुन आग्रह गरेको छ ।
विश्वलाई आक्रान्त र त्रसित पार्दै मानव सभ्यतालाई चुनौती दिदै फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टका बिरुद्ध जिल्लाका ११ वटै पालिकाका सरोकारवालाबीच छलफल र सहकार्य गर्दे कोरोना नियन्त्रणमा जुट्न कांग्रेस पार्टीको अनुरोध हो ।
कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले कोरोनाको प्रभावले पिरोलिएका अवस्थामा यस विरुद्ध साझा पहलकदमी लिदै जिल्लालाई सुरक्षित राख्न विज्ञप्ति मार्फत सबैको सहयोगको याचना गर्नुभएको छ ।
कावा सभापति रानाद्धारा हस्ताक्षरित विज्ञप्तिमा जिल्लामा द्रुत गतिले कोभिड संक्रमितका संख्या बढ्दै जानुले देशको विभिन्न स्थानमा महामारीको रुपमा देखिएको संकटतर्फ संकेत गर्ने जनाउदै सबैले आ–आफ्नो तर्फबाट जिम्मेवारीपूर्ण सत्कर्ममा जुट्न आग्रह गरिएको छ ।
बिज्ञप्तिमा विरामीहरुको अवस्था अत्यन्त हृदयविदारक बन्दै गएको परिस्थितिलाई हृदयङ्गम गर्दै नेपाल सरकार ( संघीय, प्रदेश र स्थानीय तह ) लाई आवश्यक परेको खण्डमा पुतलीबजार नगरपालिका १ अभियानपथ स्थित नेपाली काँग्रेस जिल्ला कार्यालय एवं वीपी. जीपी. भवन अस्थायी रुपमा कोभिड अस्पताल (आइसोलेशन) सञ्चालन गर्नका लागि अनुमति दिइएको उल्लेख छ ।
साथै, जिल्ला अस्पतालमा भेन्टीलेटर सहितका शैयाहरुका ब्यवस्थागरी र ११ वटै पालिकामा अक्सिजन सहितको आइसोलेशन वार्ड स्थापना गरेमा माहामारी नियन्त्रण गर्न सकिने र महामारीका बेला हतोत्साही नभई समझदारी, इमानदारी र जिम्मेवारीका साथ सत्कर्ममा जुटनु पर्ने आवश्यकता औल्याइएको छ ।
कोभिडका कारण उपचाररत सम्पूर्ण विमारीका स्वास्थ्य लाभका कामना गर्दै मृतकप्रति बिज्ञप्ति मार्फत श्रद्धान्जली दिइएको छ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP