स्याङ्जाका ७ जना सहित गण्डकीमा २८ जनाको मृत्यु,७७७ जनामा कोरोना पुष्टि

स्याङ्जा : आइतबार गण्डकीमा २८ जनाको मृत्यु पुष्टि भएको छ । गण्डकीमा यो संख्या अहिलेसम्मकै उच्च हो ।
आज मृत्यु पुष्टि हुनेमा कास्कीका ९ जना, तनहुँका ३ जना, स्याङ्जाका ७ जना, बाग्लुङका २ जना, नवलपुरका २ जना, लमजुङका २ जना, गोरखाका १ जना, म्याग्दीका १ जना र मुस्ताङ जिल्लाका १ जना छन्।
योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८३ पुगेको निर्देशनालयले जनाएको छ।
यसैबीच,पछिल्लो २४ घण्टामा गण्डकीमा थप ७७७ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार आज गण्डकीका १ हजार ६५२ जनामा गरिएको परीक्षणमा थप ७७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका सबै ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३८७ जना, तनहुँका २४ जना, गोरखाका ४९ जना, लमजुङका २६ जना र नवलपुरका २४ जना छन्।
यस्तै, स्याङ्जाका ६१ जना, पर्वतका ९२ जना, बाग्लुङका ९९ जना, म्याग्दीका १२ जना, मुस्ताङका १ जना र मनाङ जिल्लाका २ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २८ हजार १८२ पुगेको छ, जसमा ८ हजार ३३ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३१ कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशभर कोरोनामुक्त हुनेको संख्या १९ हजार ७६६ पुगेको छ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…