स्याङ्जाका ७ जना सहित गण्डकीमा २८ जनाको मृत्यु,७७७ जनामा कोरोना पुष्टि
स्याङ्जा : आइतबार गण्डकीमा २८ जनाको मृत्यु पुष्टि भएको छ । गण्डकीमा यो संख्या अहिलेसम्मकै उच्च हो ।
आज मृत्यु पुष्टि हुनेमा कास्कीका ९ जना, तनहुँका ३ जना, स्याङ्जाका ७ जना, बाग्लुङका २ जना, नवलपुरका २ जना, लमजुङका २ जना, गोरखाका १ जना, म्याग्दीका १ जना र मुस्ताङ जिल्लाका १ जना छन्।
योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८३ पुगेको निर्देशनालयले जनाएको छ।
यसैबीच,पछिल्लो २४ घण्टामा गण्डकीमा थप ७७७ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार आज गण्डकीका १ हजार ६५२ जनामा गरिएको परीक्षणमा थप ७७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका सबै ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३८७ जना, तनहुँका २४ जना, गोरखाका ४९ जना, लमजुङका २६ जना र नवलपुरका २४ जना छन्।
यस्तै, स्याङ्जाका ६१ जना, पर्वतका ९२ जना, बाग्लुङका ९९ जना, म्याग्दीका १२ जना, मुस्ताङका १ जना र मनाङ जिल्लाका २ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २८ हजार १८२ पुगेको छ, जसमा ८ हजार ३३ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३१ कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशभर कोरोनामुक्त हुनेको संख्या १९ हजार ७६६ पुगेको छ।




समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


