गण्डकीमा एकैदिन ५७६ जना संक्रमित थपिए, ८ जनाकाे मृत्यु ।
स्याङ्जा : गण्डकीमा कोरोना संक्रमणको दर तिव्र गतिमा फैलिरहेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुशार गण्डकीमा एकैदिन ५७६ जना संक्रमित थपिएका छन् भने ८ जनाकाे मृत्यु भएकाे छ ।
यस्तै पछिल्लो ४८ घण्टामा गण्डकीका अन्य जिल्ला तनहुँमा १४ जना, लमजुङमा ८ जना र नवलपुरका २९ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै स्याङ्जाका १०४ जना, पर्वतका ९ जना, बागलुङका ४ जना र म्याग्दीका २३ जना, मनाङका ४ जना र मुस्ताङ् जिल्लाका १३ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ।
आज गण्डकीमा पुष्टि भएका ५७६ संगै कोरोना संक्रमितको कूल संख्या १९ हजार २२१ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या २ हजार ४३ छ ।
पछिल्लो ४८ घण्टामा गण्डकीबाट ६४ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ९ सय ४६ पुगेको छ।
गण्डकीमा आइतबार ८ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरु पर्वत जिल्ला कुश्मा नगरपालिकाका १ जना, दाङ जिल्ला राप्ती गाउँपालिका -५ घर भइ हाल पोखरा मेडिप्लस अस्पतालमा उपचाररत १ जना, रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका -३ का १ जना छन् भने अन्य सबै पोखरा महानगरका हुन्।
आज मृत्यु पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १३० पुगेको छ भने, गण्डकीमा यो संख्या २३१ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
५ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…