स्याङ्जामा ७ सहित गण्डकीमा एकैदिन ३० जनाको मृत्यु पुष्टि, थप ६८८ जनामा संक्रमण
स्याङ्जा : गण्डकीमा थप ६८८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गण्डकीका थप ६८८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आज पुष्टि भएका संक्रमित प्रदेशका सबै ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १७६ जना, गोरखाका १२९ जना,नवलपुरका १२८ जना, तनहुँका ५६ जना, लमजुङका ७ जना र स्याङ्जाका ९ जना छन् ।
यस्तै पर्वतका २२ जना, बाग्लुङका ७० जना, म्याग्दीका ६८ जना र मुस्ताङका १० जना र मनाङ जिल्लाका १३ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३० हजार ६८८ पुगेको छ।
बुधबार पनि गण्डकीमा थप ३० जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्की सहित पोखरामा विभिन्न अस्पतालमा उपचाररत ८ जना, स्याङ्जाका ७ जना, तनहुँका ५ जना, नवलपुरका २ जना, गोरखाका ३ जना र म्याग्दी जिल्लाका ५ जना छन्।
योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५२ पुगेको निर्देशनालयले जनाएको छ।



समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


