गण्डकीमा एकैदिन ३० जनाको मृत्यु पुष्टि, थप ८०८ जनामा संक्रमण
पोखरा : शुक्रबार गण्डकीमा थप ८०८ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धित दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ४९० जनामा गरिएको नमुना परीक्षणमा ८०८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज पुष्टि भएका संक्रमित प्रदेशका सबै ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २०९ जना, तनहुँका ५४ जना, गोरखाका ७७ जना, लमजुङका चार जना, नवलपुरका १३४ जना र स्याङ्जाका ५१ जना ,पर्वतका १३३ जना, बाग्लुङका १३२ जना, म्याग्दीका १२ जना, मुस्ताङका एक जना र मनाङ जिल्लाका एक जना छन् । ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४० हजार ४९५ पुगेको छ । जसमा ११ हजार २७५ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ७७० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २८ हजार ५९६ पुगेको छ।
बिहीबार गण्डकीमा एकैदिन सर्वाधिक ३० जनाको संख्यामा मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका १२ जना, तनहुँका छ जना, गोरखाका तीन जना, नवलपुरका एक जना, स्याङ्गजाका तीन जना, पर्वतका दुई जना, बागलुङका एक जना र मुस्ताङका दुई जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६२४ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


