गण्डकीमा संक्रमितको संख्या ३० हजार पुग्यो, थप ९५९ जनामा संक्रमण,थप १५ जनाको मृत्यु
स्याङ्जा : मंगलबार गण्डकीमा थप ९५९ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६३५ जनामा गरिएको नमुना परीक्षणमा एकैदिन थप ९५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि भएका जिल्लामा कास्कीका ४१७ जना,स्याङ्जाका ८६ जना, तनहुँका ११२ जना, गोरखाका ३५ जना, लमजुङका ८ जना र नवलपुरका ७६ जना छन् ।
यस्तै, पर्वतका ७४ जना, बाग्लुङका १२३ जना, म्याग्दीका २७ जना र मुस्ताङ जिल्लाका एक जनामा कोरोना पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३० हजार पुगेको छ।
गत २४ घण्टामा गण्डकीबाट ४२९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २० हजार ३९८ पुगेको छ।
अहिले प्रदेशमा ९ हजार १८० सक्रिय संक्रमित छन् , उनीहरु मध्ये ८ हजार ९०९ जना होम आइसोलेसनमा बसेको निर्देशनालयले जनाएको छ।
यस्तै, गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बागलुङका ४, मुस्ताङ, तनहुँ, कास्की र नवलपुरका २/२, पर्वत, स्याङ्जा र गुल्मीका १/१ जनाको मृत्यु मंगलबार पुष्टि गरेको हो ।
योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २२ पुगेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


