बिरुवा गाउपालिकामा १७ बेडको आइसोलेशन निर्माण
बिरुवा : कोरोना महामारिको दोश्रो चरण बढेसङै बिरुवा गाउपालिकाले आइशोलेशन तथा क्वारेन्टाइन तयारी अबस्थामा राखेको छ । बिरुवा गाउपालिका वडा न ६ चिन्नेबास मा १२ बेड र बिरुवा स्वास्थ्य चौकी मा ५ बेड सहित कुल १७ बेडको आइसोलेशन बेड तयार पारिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुलराज सुबेदिले बताउनु भयो । उहाँले हाल ११ वटा बेडको लागि अक्सिजन को समेत ब्यबस्था गरिएको र थप ६ वटा अक्सिजन सिलिन्डर खरिद प्रक्रीया अगाडि बढाइसकिएको समेत बताउनु भयो। बिरुवा गाउपालिकाले आइसोलेशनमा एमबिबिएस डक्टर र स्टाफ नर्स को समेत प्रबन्ध गरेको छ । सबै कोठाहरुमा सिसिटिभीको समेत ब्यबस्था रहेको र तिनिहरुलाइ मोनिटर मार्फत २४ सै घन्टा डक्टर को प्रत्यक्ष निगरानिमा रहने ब्यबस्था गरिएको छ । गाउपालिकाको आफ्नै एम्बुलेन्स समेत रहेको हुदा बिरामी हरुलाइ कुनै जटिलता आएमा तुरुन्त अस्पताल सम्म लैजाने प्रबन्ध समेत रहेको छ ।

आइशोलेसनको साथसाथै गाउपालिकामा ४५ बेडको क्वारेन्टाइनको समेत ब्यबस्था गरिएको छ । गाउपालिकामा दोश्रो चरणमा हाल सम्म ७ जना ब्यक्तिको PCR गरेकोमा ३ जनाको नतिजा पोजेटिभ आएको प्रशासकिय अधिकृत सुबेदिले बताउनु भयो । बाहिर बाट आउने ब्यक्तिहरुको सन्ख्या बढे सङै पुन PCR लाई व्यापक रुपमा बढाउन लागिएको पनि उहाले बताउनु भयो । गाँउपालिकाले बिदेश तथा देशका विभिन्न ठाउबाट आएका ब्यक्तिहरुलाइ हाल होम क्वारेन्टाइनमा बस्न प्रोत्साहन गरेको छ । तर ब्यक्तिहरु क्वारेन्टाइन मा बस्न इक्षुक भएमा सो को समेत प्रबन्ध समेत रहेको छ । हरेक वडामा होम आइसोलेशन अनुगमन तथा निगरानी समिती गठन गरि घरमै आइसोलेशनमा बसेका ब्यक्तिहरुको अबस्था बारे निरन्तर निगरानी राख्ने काम समेत गाउपालिकाले गरेको छ ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


