वालिङका मेयर दिलीप प्रताप खाँड मेयर साइकल दौडमा प्रथम
पोखरा : पोखरामा आयोजना भएको प्रथम मेयर साइकल दौडमा वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँडले जीतेका छन् ।
नयाँवर्षको दिनमा आयोजना भएको प्रतियोगितामा निर्धारित दुरी १५ मिनेट ३१ सेकेन्डमा पूरा गर्दै खाँड च्याम्पियन बनेका हुन् । दौड पोखरा ६ हल्लन चोकबाट सुरु भएको दौड पोखरा सभागृहसम्म ५ किलोमिटरको दुरीमा भएको थियो । प्रतियोगितामा कर्णाली प्रदेशको हुम्ला जिल्ला नाम्खा गाँउपालिका प्रमुख विष्णुबहादुर लामाले १५ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै दोस्रो भए । कास्की माछापुच्छ«े गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले १६ मिनेट ४६ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै तेश्रो भएका छन् । प्रतियोगितामा विभिन्न जिल्लाका नगरपालिका र गाँउपालिकाका प्रमुख गरी कुल १४ जना प्रमुखहरुको सहभागिता थियो । प्रतियोगितामा प्रथम भएका खाँडले उपाधिसहित १० तोला चाँदीको पदकसहित सिल्ड र सम्मानपत्र प्राप्त गरे । दोस्रो र तेस्रो हुन सफल प्रमुखहरुले क्रमश सम्मानपत्र, दोसल्ला सहित ८ र ७ तोलाको चाँदीको आकर्षक पदक प्राप्त गरेका छन् । मेयर साइकल दौड प्रतियोगिताको समापन कार्यक्रममा सागमा गण्डकी प्रदेशबाट सागकी रजत विजेता जमुना थापालाई नगद १ लाख नगद सहित सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको हो । साथै सागमा साइकल प्रतियोगितामा पदक विजेता निमा श्रेष्ठ, नमुना थापा, राजेश मगर, उषा खनाललाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।सोही क्रममा पोखरेली अग्रज साइक्लिस्टहरु लोकबहादुर थापा, वसन्त सुवल, चिजबहादुर गुरुङ, इन्द्र नेपाली, खिमबहादुर थापा, भरतबहादुर कार्की, निरज थापा, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ, मोहनसिंह लालचन, तुलसीकुमार श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ र रामनारायण श्रेष्ठलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनीहरुलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत महेश बराल लगायतले पुरस्कार वितरण गरे ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


