स्याङजाका ४ सहित गण्डकीमा साेमबार थपिए ६६ जना कोरोना संक्रमित,एककाे मृत्यु
स्याङजा :साेमबार गण्डकी प्रदेशमा थप ६६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार कास्कीका १८९ जनाको स्वाब परीक्षण गर्दा पोखरा महानगरपालिकाका विभिन्न वडाका महिला पुरुष गरी ४५ र अन्नपूर्ण गाउँपालिका -९ का १ जना पुरुष सहित ४६ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै स्याङ्जाका ४ जना, तनहुँका ६ जना, गोरखाका १ जना, लमजुङका १ जना, नवलपुरका २ जना, पर्वतका ४ जना, बाग्लुङका १ जना र म्याग्दी जिल्लाका १ जना गरी आज गण्डकीमा ६६ जनामा कोरोना पुष्टि आएको निर्देशनालयले जनाएको छ । स्याङजामा थपिएका संक्रमित चारै जना वालिङका हुन् । वालिङ ५ का दुई जना महिला र दुई जना पुरुष रहेकाछन् ।
आज पुष्टि भएका ६६ संगै कोरोना गण्डकीमा संक्रमितको कूल संख्या १७ हजार २ सय ३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २७ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ४ सय ७१ पुगेको छ ।
सोमबार गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं -१६ निवासी ६५ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा आइतबार चरक मेमोरियल अस्पतालमा मृत्यु पुष्टि भएको हो । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०८ पुगेको छ ।


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


