स्याङजाका ४ सहित गण्डकीमा साेमबार थपिए ६६ जना कोरोना संक्रमित,एककाे मृत्यु

स्याङजा :साेमबार गण्डकी प्रदेशमा थप ६६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार कास्कीका १८९ जनाको स्वाब परीक्षण गर्दा पोखरा महानगरपालिकाका विभिन्न वडाका महिला पुरुष गरी ४५ र अन्नपूर्ण गाउँपालिका -९ का १ जना पुरुष सहित ४६ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै स्याङ्जाका ४ जना, तनहुँका ६ जना, गोरखाका १ जना, लमजुङका १ जना, नवलपुरका २ जना, पर्वतका ४ जना, बाग्लुङका १ जना र म्याग्दी जिल्लाका १ जना गरी आज गण्डकीमा ६६ जनामा कोरोना पुष्टि आएको निर्देशनालयले जनाएको छ । स्याङजामा थपिएका संक्रमित चारै जना वालिङका हुन् । वालिङ ५ का दुई जना महिला र दुई जना पुरुष रहेकाछन् ।
आज पुष्टि भएका ६६ संगै कोरोना गण्डकीमा संक्रमितको कूल संख्या १७ हजार २ सय ३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २७ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ४ सय ७१ पुगेको छ ।
सोमबार गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं -१६ निवासी ६५ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा आइतबार चरक मेमोरियल अस्पतालमा मृत्यु पुष्टि भएको हो । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०८ पुगेको छ ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…