काेराेना सङ्क्रमणबाट थप ३३ जनाकाे ज्यान गयाे, एकै दिन पाँच हजार सात सय २७ सङ्क्रमित थपिए
काठमाण्डाै : नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप ६१ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २८ जनासहित थप ३३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ७९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार तीन सय ९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरी पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुनेकाे यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।
आज थपिएकासहित नेपालमा तीन लाख २३ हजार एक सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले नेपालमा ३८ हजार आठ सय १३ जना सक्रिय सङ्क्रमित छन् ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


