स्याङ्जाका एक सहित गण्डकीमा थप ४ जना काेराेना संक्रमितको मृत्यु
स्याङ्जा : गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १ महिलासहित थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २५ घण्टामा ४ जनाको मृत्यु भएसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयले सोमबार विज्ञप्ति जारी गर्दै मृत्यु हुनेको विवरण पनि सार्वजनिक गरेको छ । मृत्यु हुनेमा स्याङ्जाको वालिङका ५८ वर्षीय पुरुष, म्याग्दीको रघुगंगाका ७८ वर्षीय पुरुष र पोखराका ९१ वर्षीय पुरुष र ५५ वर्षीया महिला रहेका छन् ।
गण्डकीमा गएको २४ घण्टामा १ सय १ संक्रमित फेला परेका छन् । तीमध्ये कास्कीका मात्रै ६९ जना छन् । कास्कीमा हाल सक्रिय संक्रमितको संख्या ७ सय नाघिसकेको छ ।
यसैबीच, पोखरा महानगरपालिकाभित्र संक्रमित दर बढ्दै गएपछि महानगरभित्र निषेधाज्ञा तयारी गरिएको छ ।
काठमाडौं उपत्यकाभित्र आगामी वैशाख १६ देखि निषेधाज्ञा घोषणा गरिएसँगै कोरोनाको उच्च जोखिम कास्कीमा पनि निषेधाज्ञा हुन सक्ने आमसर्वसाधारणको अनुमान बमोजिम जिल्लामा सोको तयारी गरिएको स्रोतले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


