कोरोनाबाट एकैदिन ३५ जनाको मृत्यु

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ३५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको हो । यो अहिलेसम्मकै उच्च मृत्युदर हो । यसअघि गतवर्ष एकैदिन ३२ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ३ हजार २ सय ४६ पुगेको छ ।
सोही अवधिमा १२ हजार ५ सय ९७ जनाका पीसीआर र ९ सय ६३ जनाको एन्टीजेन परीक्षण गर्दा चार हजार ९ सय २८ जनालाई संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेको सख्या तीन लाख १७ हजार ५३० पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ पुगेको छ । त्यसमध्ये ३ सय ३७ जना आईसीयूमा र १ सय ७ जना भेन्टिलेटर छन् ।
आज देशभर ८ सय ८८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८० हजार १६७ संक्रमित निको भइसकेका छन् । देशभर ५९ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। Pic-File/google
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…